ad ad

बागमती


काठमाडौंमा आतंक मच्चाएपछि गोली हानी राँगो मारियो

काठमाडौंमा आतंक मच्चाएपछि गोली हानी राँगो मारियो

फाइल तस्बिर


नेपालखबर
साउन १३, २०७९ शुक्रबार ८:६, काठमाडौँ

काठमाडौंमा आतंक मच्चाएपछि एउटा राँगोलाई प्रहरीले गोली हानेर मारेको छ। 

काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीका अनुसार चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ स्थित गोदाम चौरमा राँगो मारिएको हो। 

राँगोले आतंक मच्चाएपछि प्रहरीले आज बिहान साढे ७ बजेतिर एक राउन्ड गोली हानी राँगो मारेको उनले बताए।

पक्रिने प्रयास गर्दा नसकिएपछि मानिसलाई क्षति पुर्याउने देखिएकाले राँगो मारिएको प्रहरीले जनाएकाे छ। राँगाे मारिएकाले मानवीय क्षति हुन पाएन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .