ad ad

बागमती


सिन्धुपाल्चोकमा भीरबाट खोलामा खस्दा महिला र बालकको मृत्यु

सिन्धुपाल्चोकमा भीरबाट खोलामा खस्दा महिला र बालकको मृत्यु

तस्बिर : शुशील सुवेदी


नेपालखबर
साउन १०, २०७९ मंगलबार ६:५३, सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५, कोइरालाटारमा भिरबाट खस्दा एक महिला र बालकको मृत्यु भएको छ।

चौतारा साँगाचोकगढी नगरपालिका सानुसिरुबारी घर भएकी ५५ वर्षीया गोमा धिताल र उनको बहिनीका छोरा मेलम्ची नगरपालिका–११ बस्ने ५ वर्षीय विशेष चालिसेको भिरबाट खसेर खोलाले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ। 

मृतक महिला बालकको ठूलीआमा रहेको र उनीहरु इन्द्रावती गाउँपालिका–१० भोटसिपामा रहेको माइत जाँदै गर्दा भिरबाट खसेर खोलाले बगाएको उनीहरुसँगै रहेकी बालकको आमा पार्वती चालिसेले बताएकी छन्।

दुवै जनाको शव केही तल खोलामा भेटिएपछि परीक्षणका लागि मेलम्ची लगिएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक इन्द्रजीत इटनीले जानकारी दिए।

घटना दिउँसो भएको हो। शव केही तल इन्द्रावती खोलामा भेटिएको थियो। बाटो निकै अप्ठेरो रहेको र अझै दुर्घटना हुनसक्ने भन्दै स्थानीयले उक्त बाटो प्रयोग नगर्न आग्रह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .