रोटरी क्लब अफ गोंगबुले शनिबार (आज) वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। क्लबले तारकेश्वर नगरपालिका ६ बस्नेतटारका राधाकृष्ण मन्दिरको खर्कापाखोमा वृक्षरोपण गरेको हो।
वृक्षरोपण कार्यक्रमका प्रमुख अतिथि तारकेश्वर नगरपालिकाका नगर उप प्रमुख सिर्जना बुर्लाकोटीले वृक्षारोपण कार्यको प्रशंसा गर्दै यसको संरक्षणमा स्थानीयको सक्रियता रहनुपर्नेमा जोड दिइन्।
‘हरियो वन नेपालको धन’ भन्ने मान्यतालाई आत्मसात् गर्दै ५० वटा विभिन्न जातका विरुवा रोपेको क्लबका अध्यक्ष महेश्वरमान सिंह बस्नेतले जानकारी दिए।
वृक्षरोपण कार्यक्रममा क्लबका पदाधिकारी, सदस्य तथा स्थानीय युवाको सहभागिता थियो।
21
Shares
प्रतिक्रिया