ad ad

बागमती


बालाजुमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

बालाजुमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

नेपालखबर
असार २१, २०७९ मंगलबार १३:४५, काठमाडौँ

काठमाडौँको बालाजुमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। 

काठमाडौं महानगरपालिका - १६ बालाजु पुल वारी सडकमा बागमती प्रदेश ०२-०२३ प ३७७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर खोला छेउको रेलिङमा ठोक्किँदा दुर्घटना भएकाे हाे। 

दुर्घटनामा परेर २२ वर्षीय सविन परियारको मृत्यु भएको बताइएकाे छ भने उक्त मोटरसाइकलमा सवार एकजनाकाे पिपुल्स अस्पताल नयाँ बजारमा उपचार भइरहेको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .