अटो


होण्डा कम्पनीको दशैँतिहार अफरः विदेश भ्रमणदेखि १० लाखसम्म जित्ने मौका

होण्डा कम्पनीको दशैँतिहार अफरः विदेश भ्रमणदेखि १० लाखसम्म जित्ने मौका

नेपालखबर
असोज २१, २०७६ मंगलबार ८:४४,

दशकौंदेखि साना सवारी साधनको व्यापार गर्दै आएको होण्डा कम्पनीले दशैँ तिहारको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ।

मोटरसाइकल, स्कुटर वा कारको खरिदमा होण्डा कम्पनीले विदेश भ्रमणदेखि १० लाखसम्मको अफर सार्वजनिक गरेको कम्पनीले जनाएको छ।

विभिन्न मोडलका स्कुटर, मोटरसाइकल, कारलगायतका सवारी साधनमा स्क्राच कुपन अनुसारको अफर र १५ प्रतिशत छुट दिने गरेको शाखा कम्पनी होण्डा ‘स्याको टोरिङ्ग कम्पनी प्रालि’ का निर्देशक कमल गिरीले बताए।

उनका अनुसार जुनसुकै सवारी साधन किन्दा पनि दशैंको अवसरमा विशेष छुट दिइएको छ। उनले सम्झिदै भने, ‘गत हप्ता मात्रै एकजनाले कार किन्दा १० लाख उपहार, थाइल्याण्ड भ्रमणको टिकट स्क्राच कुपनमा पाएका थिए।’

यस्ता छन् दशैंतिहारमा होण्डाका उपहार

कार

होण्डा अटो मोबायल्सले पुराना र नयाँ गरी ७ मोडलका कारहरु सार्वजनिक गरेको छ। डब्ल्युआर भी, बेरियो, सिआर भी, बिआर भी, अमाज, जाज र सिटीमोडेल लगायतका कारहरु सार्वजनिक गरिएका छन्।

२० लाख २५ हजारदेखि १ करोड ३३ लाख मूल्यसम्मका कारहरु टाटा कम्पनीले कारोबार गर्दै आएको छ। दशैं तिहारको समयमा किन्दा ५ लाखसम्मको नगद छुट, १ वर्षसम्मको व्यापक बीमा, २० हजारसम्मको सामान, १ वर्षको निशुल्क रोड ट्याक्स, आकर्षक १ लाख एक्सचेन्ज बोनसलगायतका अफरहरु सार्वजनिक गरेको छ। त्यस्तै ५ जोडीको लागि दुबई भ्रमण गराउँने कम्पनीले जनाएको छ।

मोटरसाइकल

अहिले बजारमा होण्डाका १८ मोडलका मोटरसाइकल तथा स्कुटरको कारोबार भैरहेको छ। १ लाख ५४ हजार ९ सय मूल्यको नाभी मोडलको मोटरसाइकलदेखि सिबीआर ६०० आरआर मोडलको ३१ लाख ५० हजार मूल्यको मोटरसाइकल बजारमा आएका छन्।

दशैं तिहारको समयमा मोटरसाइकल र स्कुटरमा कम्पनीले केही छुट र अफर सार्वजनिक गरेको हुँदा ग्राहकहरुले त्यो सुबिधा पनि सहजै प्राप्त गर्ने गर्नेछन्।
स्क्राच कुपनमा ३० हजारदेखि १० लाखसम्मको नगद, दुर्घटना बीमा २०० जनालाई, थाइल्याण्ड भ्रमण २ जनालाई दिने कम्पनीले जनाएको छ।

त्यस्तै बम्पर अफरमा हरेक हप्ता लक्की ड्र मार्फत ‘व्हील अफ फर्च्युन ३’ मा सहभागी भइ १० जनाले १० लाखसम्मको नगद पुरस्कार जित्ने बताइएको छ।

जेनेटर

होण्डा कम्पनीले लामो समयदेखि जेनेटरको कारोबार पनि गर्दै आएको छ। नयाँ वर्ष, विजया दशमीको मौका पारेर विशेष अफर पनि सार्वजनिक गर्दै आएको होण्डाले यसपटक पनि जेनेटर किन्दा केही छुट र केही उपहार पनि सार्वजनिक गरेको छ।

ईयू ७० आईएस, ईयू ७० मोडेललगायतका बिक्री गर्दा ३४ हजारभन्दा माथिका जेनेटरमा १५ प्रतिशत छुटको व्यवस्था गरेको छ। यसमा पनि स्क्राच कुपन अनुसारको उपहार सार्वजनिक गरेको छ।

‘एसी र अन्य धेरै उपकरणहरू जस्तै आउटपुट, अल्ट्रा साइलेन्ट, पोर्टेबल, कम्प्याक्ट र विस्तार योग्य सहज भएको यसको प्रमुख विशेषता हो।’ स्याको टोरिङ्ग कम्पनीका निर्देशक गिरी भने, ‘सजिलो सुरुवात, इका/मैत्री, कडा प्रदर्शन र उच्च ईन्धन दक्षता सुनिश्चित गर्ने भएको हुँदा बजारमा पनि लोकप्रिय भएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .