ad ad

अटो


सुजुकीको सर्भिस सेन्टर अटो एभले मनायो १० औँ वार्षिकोत्सव

सुजुकीको सर्भिस सेन्टर अटो एभले मनायो १० औँ वार्षिकोत्सव

नेपालखबर
असोज ११, २०७६ शनिबार १३:२,

सुजुकी गाडीको काठमाडौंका लागि पहिलो आधिकारिक सर्भिस सेन्टर अटो एभ प्रालिले सञ्चालनको १० वर्ष पुगेको अवसरमा विशेष कार्यक्रमको आयोजना गरिएको छ।

चाबहिलको मित्रपार्कमा रहेको अटो एभको १० औ वार्षिकोत्सवको अवसरमा शनिबार विशेष कार्यक्रम आयोजना गरिएको हो।

सो अवसरमा आफ्नो वर्कसपमा नियमित रुपमा लामो समयसम्म सर्भिस गराउने ग्रहाकलाई सम्मान गर्नुका साथै लामो समयदेखि वर्कसपका कार्यरत मेकानिकलाई समेत सम्मान गरेको थियो।

सो सर्भिस सेन्टरको स्थापना २०६६ मा भएको हो। यसको सञ्चालकमा मधुसूदन सिग्देल, दीपेन्द्र डंगोल र दीलिप सिग्देल रहेका छन्।

उक्त अवसरमा अटो एभका म्यानेजिङ डाइरेक्टर मधुसुधन सिग्देलले अतिथिलाई स्वागत गर्नुका साथै आफ्नो १० वर्ष यात्रा मेकानिक, आफन्त, ग्रहाकहरुको सहयोगले नै सम्भव रहेको बताए। उनले आफूले सबैसँग निरन्तर सहयोगको अपेक्षा गरेको बताए।

प्रबन्ध निर्देशक सिग्देलले अटोमोबाइल व्यवसायले राज्यलाई राजस्व तिर्दै आएको बताउँदै अटोमोबाइल व्यवसायीहरुलाई समेत राज्यले सम्मान गर्ने वातावरण बनाउनु पर्ने बताए।

कार्यक्रममा नाडाका उपाध्यक्ष कृष्ण दुलाल, सीजी मोटर्स-सीजी ग्रुपका उप महाप्रवन्धक श्याम श्रेष्ठ, काठमाडौँ वडा नम्बर ७ का अध्यक्ष शुद्धकुमार डंगोल, माउन्टेन स्पोर्ट महासंघका गोविन्द भट्टराई, नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुर न्यौपाने, नाडाका सचिव अनुप बराल लगायतको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .