ad ad

अटो


टीभीएसको ‘स्वास्थ्यका लागि रमाइलो दौड’ शनिबार हुने

टीभीएसको ‘स्वास्थ्यका लागि रमाइलो दौड’ शनिबार हुने

नेपालखबर
भदौ २५, २०७६ बुधबार ६:४५,

नेपालमा टीभीएस बाइकको आधिकारिक वितरक जगदम्बा मोटर्सको आयोजनामा ‘स्वास्थ्यका लागि रमाइलो दौड’ यही २८ गते शनिबार हुने भएको छ। बिहान ७ बजे सुरु हुने उक्त दौडमा दुई सय जनाको सहभागिता हुने कम्पनीले बताएको छ।

उक्त कार्यक्रममा केकी अधिकारी, निखिल उप्रेतीलगायतका चर्चित कलाकार पनि उपस्थित हुनेछन्। उक्त दौड नक्साल बाल मन्दिर प्रांगणबाट सुरु हुने आयोजक जगदम्बा मोटर्सले जनाएको छ। दौड पुतलीसडक, भृकुटीमण्डप, भद्रकाली, माइतीघर, त्रिपुरेश्वर, जमल, दरबारमार्ग हुँदै नक्सालस्थित टीभीएस शोरुममा पुगेर समापन हुनेछ।

दौडमा सहभागी हुनेलाई पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको कम्पनीले जनाएको छ। दौडमा सहभागी हुनेलाई टीभीएसका जुनसुकै मोटर खरिद गरेपछि स्योसशर्ट प्राइजका रुपमा १ हजार दिइने कम्पनीले जनाएको छ। उनीहरुले दशैँ अफर पनि लिन पाउने कम्पनीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .