ad ad

अटो


कार्टिङ च्याम्पियनशिपमा सुनिताले जितिन् बाइकिङ रेस

कार्टिङ च्याम्पियनशिपमा सुनिताले जितिन् बाइकिङ रेस

नेपालखबर
भदौ २३, २०७६ सोमबार १२:१२,

भारतको बेङलोरमा भइरहेको जेके टायर एफएमएससीआई नेशनल कार्टिङ च्याम्पियनशिपमा नेपाली चेली सुनिता देशारले गर्ल्स सियालोम बाइकिङतर्फ विजय हात पारेकी छिन्।

च्याम्पियनशिपमा नेपालबाट नितु श्रेष्ठ, सुनिता देशार, आयुषा शाक्य, आकृति बेलवासे र दीक्षा गौतम सहभागी छन्।

नेपाली टोलीको सहयागीका रुपमा निरज खड्का र टेक्निकल सुपरभाइजर इन्जिनियर सरोज खड्का पनि च्याम्पियनशिपमा सहभागी रहेका छन्।

girls on track

उक्त कार्यक्रमलाई एफआईए वुमन्स मोटरस्पोर्टले सहयोग गरेको छ। च्याम्पियनशिपमा कार्टिङ, सिनियर कार्टिङ, जुनियर कार्टिङ, गर्ल्स सियालोम कार्टिङ, गर्ल्स सियालोम बाइकिङ, सिमुलेटर ट्रेनिङ, रिफ्लेक्स टेस्ट, पिट स्टपलगायतका इभेन्टहरु सञ्चालन हुनेछन्। च्याम्पियनशिपमा ५ सयभन्दा बढी प्रतियोगी सहभागी छन्।

girls on track 2

याे पनि ः महिला कार्ट्स ड्राइभरहरुको टोली बेङलाेर प्रस्थान

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .