ad ad

अटो


चितवन अटोमोबाइल्सको १०औँ अधिवेशन, जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति

चितवन अटोमोबाइल्सको १०औँ अधिवेशन, जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति

नेपालखबर
भदौ २३, २०७६ सोमबार ७:३१,

चितवन अटोमोबाइल्स एसोसिएसनको १०औँ अधिवेशनले अमृत जोशीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

अटोमोबाइल्सको प्रथम उपाध्यक्षमा कृष्णप्रसाद भण्डारी, द्वितीय उपाध्यक्षमा कुलबहादुर क्षेत्री, तृतीय उपाध्यक्षमा दीपमणि पाठक, सचिवमा राजेन्द्र भट्टराई, कोषाध्यक्षमा सुमन बर्तौला, सहसचिवमा भीम सुवेदी र सहकोषाध्यक्षमा देवीप्रसाद बराल चयन भएका छन् । 

chitwan auto 12

अटो भिलेजको बारेमा छलफल

यसैबीच, नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले आफ्ना संस्थातग सदस्यहरुसँग नेपालको अटोबजारबारे छलफल गरेको छ। छलफलकै क्रममा नाडा अटाे शाे चितवनमा गर्नका लागि बैठकमा प्रस्ताव गरिएकाे छ।  

चितवनमा भएको अन्तक्र्रिया कार्यक्रममा चितवन अटोमोबाइल एसोसिएसन, पश्चिमाञ्चल अटोमोबाइल एसोसिएसन, हेटौंडा अटोमोबाइल एसोसिएसन र मोरङ्ग अटोमोबाइल एसोसिएसनका अध्यक्ष तथा अन्य कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको नाडा सचिवालयले जानकारी गराएको छ।

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष शम्भुप्रसाद दाहाल, उपाध्यक्षहरु ध्रुवबहादुर थापा, कृष्णप्रसाद दुलाल र प्रकाश कपुरीको उपस्थिति रहेको सचिवालयले बताएको हो। उक्त कार्यक्रममा अध्यक्ष शम्भु दाहालले नेपालको अटो क्षेत्र कमजोर हुनथालेको बताएका थिए। सबै व्यवसायी हातेमालो गरेर अघि बढ्नुपर्नेमा उनीहरुको जोड थियो।

chitwan auto 11

त्यसैगरी नाडाका अन्य पदाधिकारीमा महासचिव सुनिल रिजाल, सचिव अनुपकुमार बराल, कोषाध्यक्ष सुरेन्द्रकुमार उप्रेती र सहकोषाध्यक्ष बिक्रम सिंघानिया बैंठकमा उपस्थित रहेका थिए।

साथै, सदस्यहरु पंकज अग्रवाल, दिपक अग्रवाल, मिलनबाबु मल्ल, नवराज डल्लाकोटी, माधवप्रसाद पौडेल र नन्दकिशोर शाही उपस्थिति भेलामा धारणा राख्ने अधिकांश संस्थागत अध्यक्षहरुले व्यावसायिक एकतामा जोड दिँदै अटोमोबाइल व्यवसायमा लागेका सबैको मातृसंस्थाको रुपमा नाडालाई अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए।

सबै संस्थाका अध्यक्षहरुले ठूलो व्यवसाय भएका सबै स्थानमा अटो भिलेज निर्माणमा जोड दिएका थिए। त्यसका लागि आवश्यक सहयोग र सरकारसँग समन्वय गर्न नाडाले भूमिका खेल्नुपर्ने उनीहरुले माग गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .