अटो


नाडा अटो शोमा लक्ष्य भन्दा बढी अवलोकनकर्ता, ८१ हजारले गरे अवलोकन

नाडा अटो शोमा लक्ष्य भन्दा बढी अवलोकनकर्ता, ८१ हजारले गरे अवलोकन

नेपालखबर
भदौ १५, २०७६ आइतबार १३:५१,

काठमाडौंको भृकटीमण्डपमा ६ दिनसम्म चलेको नाडा अटो शो २०१९ मा आयोजकले अपेक्षा गरेको भन्दा बढी अवलोकनकर्ता आएका आयोजक नाडा अटोमोवाइल आएसोसिएन अफ नेपाल (नाडा) ले जनाएको छ। आयोजकले यो वर्ष ७५ हजार अवलोकनर्ता आउने आकलन गरेका थिए।

 यो वर्षको अटो शोमा २३ वटा चारपांग्रे र १९ वटा दुईपांग्रे सवारी बिक्रेता कम्पनीले सहभागिता जनाएका थिए। १२ ब्रान्डका लुब्रिकेट, ९ ब्रान्डका टायर, ५ वटा ब्रान्डका ब्याट्री, १४ वटा पार्टपुर्जा एवं ग्यारेज उपकरणका कम्पनी तथा ११ वटा वणिज्य बैंक, एउटा विकास बैंक र एउटा बीमा कम्पनीको सहभागिता रहेको थियो।

चारपांग्रेमा भाग लिने कम्पनीहरुमा इसुजु, रेनो, हुन्डाई, फक्सवागेन, ड्याटसन, फोर्ड, सुजुकी, होन्डा, एमजी, पुज्यो, फोटोन, फियात, जिप, साङयोङ, टोयोटा, महिन्द्रा, टाटा, किया, माज्दा, मित्सुविसी, निसान र बीवाईडी, दाय कम्पनी थिए।

त्यस्तै दुईपाङग्रेमा होन्डा, केटीएम, सुजुकी, एनआइयु, बजाज, रनर, बीएमडब्ल्यु, मियामा, योमा मा ई, एमभी अगस्टा, टीभीएस, सुपर सोको र जीपीएक्स, यामाहा, हिरो, सीएफमोटो, बेनेली, भेस्पा, अप्रिलिया, रोयल इन्फिल्ड ब्रान्डको सहभागिता रह्यो।

आयोजकका अनुसार यो वर्षको नाडा अटो शोमा उत्कृष्ट चारपाङ्ग्रे सवारीसाधनको स्टल टोयोटा भएको छ भने उत्कृष्ट दुई पांग्रे सवारी साधनतर्फको स्टल केटीएमले जितेको छ। त्यसैगरी उत्कृष्ट ल्यूब, टायर, पार्टसलगायतका स्टलमा टोटलले जितेको आयोजकले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .