ad ad

अटो


टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकलाई सांग्रिला बैंकको सहुलियत कर्जा

टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकलाई सांग्रिला बैंकको सहुलियत कर्जा

नेपालखबर
असार १६, २०७८ बुधबार १०:४२,

टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकले बिना कुनै थप धितोको सहुलियत कर्जा प्रदान गर्ने भएको छ।

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र सांग्रिला डेभलपमेन्ट बैंकबीच टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै धिताको सहुलियत कर्जा सम्बन्धी सम्झौता भएको छ।

यस सम्झौता अन्तर्गत सिप्रदी ट्रेडिङ्गको सिफारिस प्राप्त १५०० ग्राहकहरुले टाटा मोटर्स ब्राण्डका पिकअप र कार्गो गाडी खरिदका लागि सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो अधिकतम ७० प्रतिशत कर्जा १ प्रतिशत भन्दा कम न्युनतम सेवा शुल्कमा प्राप्त गर्न सक्नेछन्।

टाटाका गाडी खरिद गर्न इच्छुक उद्यमी र संस्थाहरुलाई सहज रुपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रही कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ। ईच्छुक ग्राहकहरुले पिकअपको लागि ९८०१९०९८९१ र कार्गोको लागि ९८०१०४२८९६ मा सम्पर्क गर्न सक्नेछन्।

उक्त सम्झौता पत्रमा सांग्रिला डेभलपमेन्ट बैंकको तर्फबाट बैंकका चिफ क्रेडिट अफिसर रजित मास्के तथा सिप्रदी ट्रेडिङ्गको तर्फबाट कम्पनीका महाप्रबन्धक अनुपमणि ढकालले हस्ताक्षर गरेका हुन्।

सरल र सहज कर्जा उपलब्ध गराउने उदेश्यका साथ यो सुविधा सिप्रदी ट्रेडिङ्ग प्रा. लि. का देशभरि रहेका सम्पूर्ण डिलरहरु र सांग्रिला डेभलपमेन्ट बैंकका सबै शाखाबाट कर्जा सुविधा उपलब्ध हुने जनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .