ad ad

अटो


काठमाडौं महानगरले दियो विद्युतीय गाडीमा पूरै करछुट

काठमाडौं महानगरले दियो विद्युतीय गाडीमा पूरै करछुट

नेपालखबर
असार ११, २०७८ शुक्रबार ७:१०,

काठमाडौं महानगरपालिकाले विद्युतीय सवारीसाधनमा पूरै करछुट दिएको छ।

महानगरपालिकाले विद्युतीय सवारीसाधन बिक्री शोरुम र चार्जिङ सेन्टरलाई समेत कर तिर्नु नपर्ने व्यवस्था गरेको हो।

महानगरपालिकाको आर्थिक ऐन २०७८ ले सवारीसाधनको पार्टपुर्जा, टायरट्युब थोक बिक्री गर्नेले १० हजार रुपैयाँ महानगरपालिकालाई बुझाउनुपर्नेछ।

५ सय वर्गफिटसम्म क्षेत्रमा पार्टपुर्जा बिक्री प्रयोजनको खुद्रा पसल गर्नेले ३ हजार र ५ सय वर्गफिटभन्दा बढीमा व्यापार गर्नेले ५ हजार कर बुझाउनुपर्नेछ।

मोटर÷कार बिक्री शोरुमले ५० हजार कर बुझाउनुपर्ने आर्थिक ऐनमा उल्लेख छ।

त्यसैगरी रिकन्डिसन चार पांग्रे सवारीसाधन बिक्रीकक्ष २५ हजार, मोटरसाइकल बिक्री शोरुम २५ हजार कर तिर्नुपर्नेछ।

रिकन्डिसन मोटरसाइकल खरिदबिक्री गर्नेले १० हजार कर बुझाउनुपर्नेछ।

साइकल बिक्री शोरुमले ३ हजार रुपैयाँ कर बुझाउनुपर्नेछ।

पेट्रोल÷डिजेल पम्पले प्रतिडिस्पेन्सर १० हजार रुपैयाँ कर तोकेको छ।

महानगरले यन्त्रशाला ठूलोलाई वार्षिक २५ हजार कर लगाउनेछ।

दुईपांग्रे सानो वर्कशप २ हजार लगाउँदै आएकोमा अब सानो चारपांग्रे सानो वर्कशपको ५ हजार कर लिने भएको छ। इन्जिनियरिङ वकशपले १० हजार बुझाउनुपर्ने भएको छ।

त्यस्तै नेपाल अटो मेकानिक्स व्यवसायी संघले नै प्रस्ताव गरेको बडी निर्माण मर्मत, टर्बो हाइड्रोलिक, पम्प नोजल इन्जेक्टर, लेज वर्कशपको लागि ७ हजार ५०० रुपैयाँ कर तोकिएको छ।

त्यस्तै इन्जिनि मर्मत, डेन्टिङ, स्प्रिङ पत्ता वर्कशपले ५ हजार र पेन्टिङ वर्कशप, हेड मर्मत, अटो इलेक्ट्रिक, सिट मर्मत, टायर पन्चर वर्कशपलाई ३ हजार कर तिर्नुपर्ने प्रस्ताव गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .