ad ad

अटो


हुन्डाई नयाँ वर्ष २०७८ योजना असार ३१ गतेसम्म विस्तार

हुन्डाई नयाँ वर्ष २०७८ योजना असार ३१ गतेसम्म विस्तार

नेपालखबर
असार ८, २०७८ मंगलबार १५:४६,

हुन्डाईका लागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले आफ्नो नयाँ वर्ष योजना ‘यो नयाँ वर्ष २०७८, हुन्डाई चढौं अघि बढौं’ असार ३१ गतेसम्म विस्तार गरिएको छ।

पहिले यस योजनाको अवधि १९ चैत्र, २०७७ देखि १७ वैशाख, २०७८ सम्म रहेको थियो। तर विश्वव्यापी रोग कोभिड १९, निषेधाज्ञा का कारण यस योजना स्थागित भएको थियो। ग्राहकवर्गलाई मध्यनजर राखि यस योजना ८ असारदेखि ३१ असारसम्म पुनः सुचारु गरिएको छ।

यो योजना अन्तर्गत हुन्डाईको कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधाहरु प्राप्त गर्न सकिनेछ। यो योजना अन्तर्गत हरेक खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट स्क्रयाच कार्ड मार्फत रु.७८ हजारसम्मको अतिरिक्त छुट, रु.१५ हजार बराबरको लोयल्टी बोनस, रु. एक लाखसम्मको एक्सचेन्ज बोनस तथा १ वर्षको बीमा सुबिधा प्राप्त गर्नेछन्। हुन्डाईले आफ्नो सम्पूर्ण गाडीहरुमा ६ वर्षको निःशुल्क सर्भिस तथा ३ वर्षको वारेन्टी सुविधा उपलब्ध गराउँदै आइरहेको छ।

हुन्डाई नेपालले सबै शोरुमहरु तथा सर्भिस सेन्टरहरु कोभिड–१९ को सुरक्षा प्रोटोकल पालना गरी सन्चालन गरिनेछ। हुन्डाई नेपाल आफ्ना ग्राहकहरुलाई उत्तम सेवा र सुविधा प्रदान गर्न सधै प्रतिबद्ध रहेको छ।

लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा. लि. ले नेपाल भरी १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ। हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादकमध्येमा पर्दछ। यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडांै ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .