नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको वार्षिक साधारणसभा आगामी पुस ४ गते हुने भएकाे छ। नाडा कार्यसमितिले यसबारे मंगलबार निर्णय गरेको हाे। हालको कार्यसमितिको दुई वर्षे कार्यकाल समेत सकिने भएकाले उक्त सभाले नयाँ कार्यसमिति समेत चयन गर्नेछ।
नाडाका अध्यक्ष शम्भु दाहालले नेपालखबरसँग कुरा गर्दै मंगलबार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको जानकारी दिए। दाहालका अनुसार नाडाले १९औं कार्यसमिति चयन गर्न लागेको हो। आगामी कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी दिने हालका उपाध्यक्ष कृष्ण प्रसाद दुलालले घोषणा गरिसकेका छन्।
त्यस्तै महासचिव सुनिल रिजाल पनि अघि बढ्ने उल्लेख गरिसकेका छन्। उनले पद भने घोषणा गरेका छैनन्। त्यस्तै करण चौधरी हालका कार्यसमिति सदस्य रहेका करण चौधरीले पनि मैदानमा उत्रिने बताइसकेका छन्।
Shares

प्रतिक्रिया