हीरो मोटोकर्प र गोगोरो इंकले आज भारतमा विद्युतीय गतिशीलता (मोबिलिटी)को दिगो परिवर्तनलाई गति दिनका लागि एक रणनीतिक साझेदारीको घोषणा गरेका छन्।
यो साझेदारीले मोटरसाइकल र स्कुटरको विश्वको सबैभन्दा ठूलो निर्माता हीरो र सहरी ब्याट्री स्वापिङ र स्मार्ट मोबिलिटी नवप्रर्वतनको क्षेत्रमा विश्वव्यापी अग्रणी कम्पनी गोगोरोलाई एक ठाउँमा ल्याएको छ।
भारतमा गोगोरोका उद्योगको अग्रणी ब्याट्री स्वापिङ प्लेटफार्म ल्याउन दुवै कम्पनीहरूले संयुक्त लगानीमा ब्याट्री स्वापिङ उद्यम स्थापना गर्नेछ र हीरोको ब्रान्डमा गोगोरो नेटवर्कद्वारा सञ्चालित हुने विद्युतय सवारी साधन विकासमा सहकार्य गर्नेछन्।
नयाँ साझेदारीको बारेमा टिप्पणी गर्दै हीरो मोटोकर्पका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डा. पवन मुन्जालले भने, ‘गोगोरोसँगको हाम्रो रणनीतिक साझेदारी हाम्रो दृष्टिकोण ‘गतिशीतला (मोबिलिटी)को भविष्य बन्ने’ अनुरूप छ, जुन हामी आफ्नो लक्ष्य ‘सिर्जना, सहकार्य र प्रेरणा’मार्फत जीवन्त तुल्याउँदै छौँ।’
उनले यात्राको अर्को महत्वपूर्ण कोशेढुंगा कायम भएको बताउँदै कम्पनीको विश्वव्यापी आकार र इनोभेसन पावरहाउससहित हिरोलाई टु ह्विलरमा अग्रणी तुल्याएजसरी नै स्वापिङ व्यावसायिक मोडलमा गोगोरोले वर्षौंदेखि ताइवान र बाँकी विश्वका देशहरुमा अग्रणी प्रदर्शन गर्दै आएको बताए।
‘यो साझेदारीले हाम्रो अनुसन्धान र विकास (आरएन्डडी) हबहरू जयपुरको इनोभेसन एन्ड टेक्नोलोजी (सीआईटी) र जर्मनीको हाम्रो टेक सेन्टरमा गरिरहिएका कामलाई थप विस्तार गर्नेछ’, उनले भने।
हिरो र गोगोरोको दृष्टिकोण र प्रतिबद्धता भारत तथा विश्वभर स्मार्ट, दिगो इलेक्ट्रिक मोबिलिटीको परिवर्तनलाई गति लिने साझा लक्ष्यको पूर्ण अनुरुप रहेको उनको भनाइ छ।
यस नयाँ साझेदारीको साथ पहिले भारतमा र त्यसपछि विश्वका अन्य बजारहरूमा दिगो मोबिलिटीको सुरुवात गर्न प्रतिबद्ध रहेको उनले बताए।
‘यो साझेदारीले भारत सरकारको विद्युतीकरण अभियानलाई सबल र तीब्र बनाउनेछ तथा भारतको ऊर्जा र गतिशीलता (मोबिलिटी)को भविष्यमा महत्वपूर्ण प्रभाव पार्नेछ’, उनले भने।
गोगोरो इंकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत होरेस ल्युकले सहरी गतिशीलता र स्मार्ट सहरहरूको विकासको रूपान्तरणको एक महत्वपूर्ण चरणमा रहेको बताए।
उनले भने, ‘भारतमा २२ करोड ५० लाखभन्दा बढी ग्यासद्वारा सञ्चालित दुई पाङ्ग्रे सवारीसाधन भएको अवस्थामा स्मार्ट र दिगो विद्युतीय यातायात र नवीकरणीय इन्धनको आवश्यकता छ।’
हिरो–गोगोरो साझेदारीले यी चुनौतीहरूलाई सम्बोधन गर्ने तथा स्मार्ट सवारीसाधन उपलब्ध गराउने गोगोरोको अग्रणी औद्योगिक नवप्रवर्तन र गोगोरो नेटवर्कको ब्याट्री स्वापिङयुक्त नवीकरणीय ऊर्जाले हिरोको बजार सबलतालाई लाभ प्रदान गर्ने उनले बताए।

प्रतिक्रिया