कारोबार


कोका-कोलाले ल्यायो १७५ एमएल नयाँ ग्लास बोतल, मूल्य रु २५

कोका-कोलाले ल्यायो १७५ एमएल नयाँ ग्लास बोतल, मूल्य रु २५

नेपालखबर
बैशाख ९, २०७८ बिहिबार १२:६,

कोका-कोलाले नेपालमा १७५ मिलिलिटर ग्लासको बोतल ल्याएको छ। नयाँ ग्लास बोतल २५ रुपैँयामा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार नयाँ ग्लासको बोतल विशेष गरी नेपाली उपभोक्ताहरुका लागि डिजाइन गरिएको हो। बोतलमा छापिएको नेपाली भाषामा लेखिएको नयाँ कोका–कोलाको लोगोले स्थानीय रुपमा आफ्नो उपभोक्ताहरुसँग गहिरो सम्बन्ध निर्माण गर्ने ब्राण्डको दृढ प्रतिबद्धतालाई झल्काउँछ।

कोका–कोलाको पेय पदार्थको श्रेणीमा उपलब्ध भएको आरजीबी(रिटर्नेबल ग्लास बोतल) नेपालमा रहेको सबैभन्दा सानो बोतल हो। नेपाली उपभोक्ताहरुको चाहाना अनुरुप कोकाकोलाले नयाँ पेय पदार्थ बोतल र प्याकेजहरु उपलब्ध गराउँदै आइरहेको छ।

आरजीबी बोतलहरु रियुजेबल बोतलहरु हुन् र यिनीहरुले वातावरण मैत्री हुन्। साथै गिलास प्याकेजिंगले गर्दा कोका–कोलाको स्वाद सधैँ ताजा रहन्छ । नयाँ १७५ मिलिलिटर आरजीबी बोतल कोका–कोला, स्प्राइट र फ्यान्टामा उपलब्ध रहेको छ र यो काठमाडौँ, ललितपुर र भक्तपुरका किराना पसलहरुमा उपलब्ध छन्।

नयाँ बोतलको लन्चको क्रममा नेपालका कोका–कोलाका कन्ट्री निर्देशक आदर्श अवस्थीले भने, ‘सुपथ मूल्यमा ठूलो अनुभव प्रदान गर्ने कोका–कोला, स्प्राइट र फ्यान्टाको अर्को प्याक अप्सनको ल्याउनु पाउँदा हामी एकदमै हर्षित छौँ। नयाँ बोतलको लन्चले उपभोक्ताहरुलाई आफ्नो मनपर्ने पेय पदार्थमा साइजको छनोट प्रदान गर्ने ब्रान्डको उदेश्य मात्र नभइकन दिगो प्याकेजिंग प्रदान गर्नु पनि कम्पनीको मिसन रहेको छ। हामी आशा गर्दछौँ कि उपभोक्ताहरुले आफ्नोे मनपर्ने पेय पदार्थको पूर्ण रुपमा मज्जा लिने छन्।’

बोतलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले भने, ‘किफायतीे मूल्य बाहेक हामी हाम्रा उपभोक्ताहरुको प्रिय पेय पदार्थ प्रदान गर्न प्रतिबद्ध छौँ। र यो नेपाली उपभोक्ताहरुको लागि निकै विशेष रहने छ किनकी यसमा कोका–कोलाको लोगो नेपाली भाषामा छापिएको छ। २५ रुपैँयामा १७५ मिलिलिटरको नयाँ आरजीबी बोतल अहिले काठमाडौँ भरका किराना पसलहरुमा उपलब्ध रहेको छ र हामी हाम्रा उपभोक्ताहरुलाई यसलाई सेवन गर्नुहोस् भन्न चाहन्छौँ। नयाँ उत्पादनको सुरुवात कोका–कोलाका चलिरहेको अपलिट क्याम्पेनको हिस्सा हो जुन ‘दिउँसै झप झप, कोकले अप’ ट्यागलाइनको साथ आउँछ जसले युवा उपभोक्ताहरुलाई दिउँसो ब्रेकको दौरानमा कोक पीएर उर्जा प्रदान गर्न र अपलिफ्टेड हुन प्रेरित गर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad