ताइवानको हार्टफोर्ड इन्डस्ट्रियल कम्पनीको आधिकारिक बिक्रेता इग्निसन अटो प्रालिले अन्तर्क्रिया, आन्तरिक पर्यटन प्रवर्द्धन, सडक सुरक्षालगायतमा जनचेतना प्रवाह गर्ने उद्देश्यले ‘भीआर एक्सप्लोरिङ एडभेन्चर’ नामक पर्यटनसम्बन्धी कार्यक्रम गर्ने भएको छ।
शनिबार कार्यक्रमअन्तर्गत र्याली आयोजना गर्नलागेको कम्पनीले जनाएको छ।
र्याली बिहान ८ बजे त्रिपुरेश्वरमा रहेको हार्टफोर्ड शोरुमबाट सुरु हुनेछ। त्यसपछि सुन्धारा, वीर अस्पताल, जमल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, बूढानीलकण्ठ, तारेभीर पुग्नेछ। त्यहाँ नास्तापछि पुनः सुन्दरीजल ड्याम, चिसापानी हुँदै भोटेचौर पुगेर खाना र मनोरञ्जनात्मक कार्यक्रम गरिने कम्पनीको भनाइ छ।
त्यहाँबाट साँखु, थली, जोरपाटी हुँदै बौद्धको सर्भिस सेन्टर पुगी र्याली समापन गरिने कम्पनीले जनाएको छ।
इग्निसनले नेपालभर डिलर नेटवर्कमार्फत हार्टफोर्ड (भीआर) मोटरसाइकल र स्कुटरहरुको बिक्री र बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ।
Shares

प्रतिक्रिया