कारोबार


एबी इन्बेभको विश्वव्यापी ब्राण्ड बड्वाइजर बियर नेपाल भित्रियो

एबी इन्बेभको विश्वव्यापी ब्राण्ड बड्वाइजर बियर नेपाल भित्रियो

नेपालखबर
फागुन २८, २०७७ शुक्रबार ८:१६,

अन्हाइजर बुस इन्बेभ (एबी इन्बेभ) संसारको अग्रपंक्तिको बेभरेज कम्पनी दक्षिण एसियामा आफ्नो उपस्थिति सुदृढ गर्दै नेपालमा आफ्नो ग्लोबल ब्राण्ड बड्वाइजरको बिक्री सुरूवात गर्ने घोषणा गरेको छ।

संसारका १ सय ५० भन्दा बढी देशहरूमा ठूलो सफलता प्राप्त गरिसकेको लोकप्रिय अमेरिकी शैलीको लागर बियर बड्वाइजरको स्वादको अब नेपाली उपभोक्ताहरूले समेत मज्जा लिन पाउनेछन्।

बड्वाइजरको लन्चसँगै एबी इन्बेभले आफ्नो उत्पादन लाइन विस्तार गर्नका लागि उपभोक्ता प्राथमिकताहरू विकास गर्ने र देशमा बियर खण्डलाई पुनः परिभाषित गर्ने लक्ष्य राखेको छ।

एबी इन्बेभले जावालाखेल गु्रप अफ इण्डष्ट्रिजअन्तर्गतको राज बु्रअरी प्रालिसँग एक विशेष साझेदारी मार्फत पÞmोस्टर्स बियर प्रवेश गराउँदै आफ्नो आगमन जनाइसकेको छ।

बड्वाइजरको नेपालमा सुरुवातको क्रममा एबि इन्बेभ– भारत र दक्षिण पूर्वी एसियाका अध्यक्ष कार्तिकेय शर्माले भने, ‘हामी नेपालमा हाम्रा उपभोक्ताहरूका लागि बड्वाइजर सबैभन्दा लोकप्रिय ग्लोबल बियर ब्राण्ड हो भनेर परिचय गराउन पाउँदा खुसी छौं। बढ्दो युवा जनसंख्या र बियर रुचाउने जमातका कारण नेपाल हाम्रो लागि एउटा महत्वपूर्ण बजार रहेको छ। नेपालको प्रतिष्ठित ब्रुअरी, राज ब्रुअरीसँगको हाम्रो सहकार्यले नेपालमा हाम्रो प्रतिवद्धता जाहेर गर्दछ।’

Budweiser MastHead

बड्वाइजरको सुरुवात सन् १८७६ मा संयुक्त राज्य अमेरिकामा एक अमेरिकन स्टाइल लागर बियरको रुपमा भएको थियो। आजपनि बड्वाइजर १४० वर्ष को ब्रुइङ्ग प्रक्रियाको माध्यमबाट आफ्नो बेग्लै पहिचान र संसारभर आफ्नो अलग्गै छाप छोड्न सफल भएको छ।

उत्तम सन्तुलन र स्वादको लागि बड्वाइजर आयातित सुगन्धित हप्स, माल्टेड जौ र चामलको समिश्रणबाट बनाइन्छ। बड्वाइजर प्राकृतिक कार्बोनेसन, बीचवुड एजिङ्ग र लामो समयसम्म बु्र (प्रशोधन) गरी तयार गरिएको हुन्छ जसले अतुलनीय सन्तुलन र स्वाद बनाइ राख्दछ।

जावलाखेल गु्रप अफ इण्डष्ट्रिजका प्रबन्ध निर्देशक राज बहादुर शाहले राज बु्रअरीलाई विश्वव्यापी बियर जाएन्ट एबि इन्बेभले छनौट गरी विश्वको सबैभन्दा लोकप्रिय बियर नेपालमै उत्पादन गर्न दिनु कम्पनीको लागि सम्मानको कुरा भएको बताए।

उनले भने, ‘यो सम्भव हुनुको मुख्य कारण राज ब्रुअरी दक्षिण एसियाको सर्वोत्कृष्ट मध्यको एक बु्रअरी रहेर पनि हो।’

जावलाखेल गु्रप अफ इण्डष्ट्रिजका गु्रप कार्यकारी निर्देशक सशीन जोशीले विश्वको सबैभन्दा प्रतिष्ठित ब्रान्ड बड्वाइजर नेपालमा भित्र्याएर नेपाली युवाको यस बियरको चाहना पूर्ति गर्न एबि इन्वेभसँग सहकार्य गर्न पाएकोमा एकदमै उत्साहित रहेको बताए।

उनले भने, ‘जावलाखेल गु्रप अफ इण्डष्ट्रिज नेपाली उपभोक्ताहरुलाई उत्कृष्ट र सर्वश्रेष्ठ गुणस्तरका उत्पादनहरुको अनुभव प्रदान गर्न सधैँ प्रतिवद्ध रहेको छ।’

जावलाखेल गु्रप अफ इण्डष्ट्रिज नवीनतम उत्पादन र नयाँ बेन्चमार्क कायम गर्दै युवा ग्राहकहरुको नवीनतम तथा गुणस्तरिय पेय पदार्थहरु प्रति आकर्षणको पूर्ति गर्न अत्याधुनिक बु्रअरीबाट उत्पादन गर्दै आएको छ।

यस ब्रुअरीले सन् २०१८ देखि जर्मनीको आइकनिक ब्राण्ड, वार्सटाइनर प्रिमियम जर्मन बियर उत्पादन गर्दै आइरहेको छ, जसले नेपाली बियर अनुयायी माझ राम्रै सफलता हाँसिल गर्न सफल भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad