नेपालको लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि. द्वारा टाटाको बहुप्रतिक्षित गाडीहरुको नेपाली बजारमा प्रि-बुकिङ खुल्ला गरिएको छ।
भारतीय स्टयाण्डर्ड सिक्सको मान्यता प्राप्त टाटा नेक्सन, टिगोर, अल्ट्रोज, टिएगो, र एच फाइभ गाडीहरुको प्रि–बुकिङ खुल्ला गरिएको हो। न्यु फरेवरको अवधारणा सहित अत्याधुनिक प्रविधि युक्त, परिमार्जित शक्तिशाली इन्जिनको साथ ग्लोबल एन क्यापबाट सेफ्टिमा फाइभ स्टार र फोर स्टार रेटिङ पाएका टाटाको यी गाडीहरुले सबैको मन जित्ने विश्वास लिइएको छ।
साथै यहि शुभ अवसर पारेर प्रि–बुकिङ गर्ने पहिलो १०० जना ग्राहकहरुलाई विभिन्न आकर्षक उपहारहरु प्रदान गरिने कम्पनीले जनाएको छ। उपहारहरु अन्तर्गत ग्राहकहरुले आइफोन १२, आकर्षक नगद छुट, आकर्षक एक्सचेञ्ज बोनस, १ वर्षको निः शुल्क सर्भिसिङ र निः शुल्क जेन्युइन एसोसेरिजहरु प्राप्त गर्नेछन्।
इम्प्याक्ट २.० डिजाइनमा तयार गरिएका टाटाका यी गाडीहरु हरेक उमेर समूहका ग्राहकहरुको रोजाइमा पर्ने अपेक्षा गरिएको छ। ग्लोबल एन क्यापको रेटिङ अनुसार नेक्सन र अल्ट्रोज फाइभ स्टार तथा टिएगो र टिगोर फोर स्टार सेफ्टी रेटेट सबैभन्दा सुरक्षित गाडीहरु हुन्।
उत्कृष्ट ड्राइभिङ प्लेजरको अनुभुती गर्न सकिने यी गाडीहरु अझै शक्तिशाली इन्जिन एवं उच्च भारवहन क्षमता सहित विशेष रुपमा तयार पारिएको कम्पनीले जनाएको छ। नेपाल अधिराज्यभरका सबै टाटाको शोरुमहरुबाट ग्राहकहरुको सुविधाको लागि प्रि–बुकिङको व्यवस्था मिलाइएको छ।
प्रतिक्रिया