नेपालका लागि निसान मोटर्सद्वारा उत्पादित गाडीहरुको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि.ले बिक्री बितरण शुरु गरेको छोटो अवधिमा २२२ भन्दा बढी निशान किक्स मोटर नेपाली बजारमा बिक्री गर्न सफल भएको छ।
कम्पनीका अनुसार नेपाली बजारमा किक्स गाडीको बिक्री प्रारम्भ गरेको छोटो समयावधिमा नै ग्राहकहरुले निकै रुचाएको परिणाम स्वरुप यति धेरै परिमाणमा नेपालको सडकमा निशान किक्स गाडी गुड्न थालेका हुन्।
अहिले पनि निसान किक्सको परिवारमा ग्राहकहरु निरन्तर थपिँदै गएका र भविष्यमा यसले नयाँ कीर्तिमान कायम गर्ने विश्वास कम्पनीको छ।
किक्स गाडीले आफ्ना ग्राहकहरुलाई विशेष सुविधा सहित आरामदायी सेवा प्रदान गरेको परिणाम स्वरुप छोटो अवधिमा उल्लेखनिय सफलता प्राप्त गरेको छ। यसको फराकिलो भित्री भाग, आकर्षक बाहिरी बनावट, आरामदायी र सुरक्षित बनावटले गर्दा ग्राहकहरुको रोजाईमा पर्न सफल भएको छ।
यसरी निसान किक्सलाई आफ्ना ग्राहकहरुले गरेको माया र विश्वास प्रति आभार प्रकट गर्दै भविष्यमा पनि यस्तै स्नेह सहयोग र साथ पाईरहने अपेक्षा सहित कम्पनीले ग्राहकबर्गहरुमा धन्यवाद ज्ञापन गरेको छ।
Shares

प्रतिक्रिया