नेपाल बैंकर्स संघले बैंकास्योरेन्सको व्यवस्था बन्द गराउनु अन्तर्राष्ट्रिय मान्यता विपरित भएको बताएको छ।
अन्तर्राष्ट्रिय मान्यता अनुसार बैंकहरुले प्रदान गर्ने सेवाहरु मध्ये बैंकास्योरेन्स एक अभिन्न अंग रहेकोमा राष्ट्र बैंकले त्यसलाई बन्द गर्नु अनुचित रहेको संघले ठहर गरेको हो।
बुधबार बसेको संघको बैठकपछि प्रेसित विज्ञप्तिमा नेपालमा २० प्रतिशतमा मात्रै बीमाको पहुँच रहेको भन्दै यसलाई फराकिलो बनाउन बैंकले राम्रो भूमिका खेल्न थालेको स्थितिमा यो व्यवस्था हटाउनु उचित नभएको बताइएको छ।
यसले अर्थतन्त्रमानै असर गर्न भएकोले यो व्यवस्था खुलाउन समेत बैंकर्स संघले माग गरेको छ। बैंकास्योरेन्स अन्तर्गत बैंकहरुले बीमा कम्पनीसँग सहकार्य गरेर पोलिसी बिक्री गर्ने गरेका थिए।
यस्तै, काउण्टर साइकल बफर २ प्रतिशतले वृद्धि गर्ने राष्ट्र बैंकको नीतिले बैंकहरुले कायम गर्नु पर्ने पूँजी कोष अनुपात ११ प्रतिशत बाट १३ प्रतिशत पुग्ने संघको भनाई छ। यसको कुल कर्जामा प्रभावित समेत गर्ने संघले ठहर गरेको हो।
स्प्रेडको सुत्र परिवर्तनले आम्दानी २५ प्रतिशतले घट्ने निष्कर्ष पनि संघले निकालेको छ।

प्रतिक्रिया