चालु आर्थिक वर्षको ६ महिनामा ८० अर्बको पेट्रोलियम पदार्थ आयात भएको छ। यही अवधिमा सवारी साधन ४३ अर्ब ७१ करोडको आयात भएको छ। कोभिड १९को माहामारी तथा लकडाउनको कारण गतवर्षको तुलनामा भने आयात घटेको हो।
गतवर्ष साउनदेखि पुससम्म १ खर्ब ७ अर्बको इन्धन आयात हुँदा ४६ अर्ब ८५ करोडको सवारी साधन तथा तिनका पार्टस् आयात भएको थियो।
८० अर्बको पेट्रोलियम पदार्थ आयात हुँदा १२ अर्बको ९६ करोडको पेट्रोल आयात भएको छ भने ३२ अर्ब ९३ करोडको डिजेल आयात भएको छ। एलपीजी (घरमा प्रयोग हुने ग्यास) १४ अर्बको आयात भएको छ।
नेपालमा सिमेन्ट उद्योगमा बढी प्रयोग हुने कोइला १० अर्बको आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ।
सवारी साधन तथा औद्योगिक क्षेत्रमा प्रयोग हुने लुब्रिकेन्टस् मात्रै २ अर्ब ११ करोडको आयात भएको छ। फर्निस् आयल १ अर्ब २४ करोड, मट्टीतेल ४३ करोड आयात भएको छ।
साउनयता ४३ अर्बको सवारी साधन तथा त्यसको पार्टस् आयात भएकोमा सबैभन्दा बढी १४ र्ब ९० करोडका मोटरसाइकल तथा स्कुटर आयात भएका छन्।
डिजेल पेट्रोलका प्यासेन्जर भेहिकल (कार, जीप) ७ अर्ब ४६ करोडको आयात भएको छ भने समान ढुवानी गर्ने सवारी साधन करिब ६ अर्ब ४८ करोडको आयात भएको छ।
सामाग्री बोक्ने सहित कृषिको लागि प्रयोग हुने ट्याक्टर ६ अर्ब रुपैयाँको आयात भएका छन्। ३२ करोड बढीको बस भित्रदा विद्युतीय गाडी १० करोडको मात्रै आयात भएको छ।
सवारी साधनको लागि आवश्यक पर्ने ब्रेक, गियरबक्स, साइलेन्सर, एयरब्याग लगाएत पार्टस् ७४ करोडको आयात भएको छ।

प्रतिक्रिया