मुख्यक्षेत्र चीनले बीएन(ओ)लाई मान्यता नदिने निर्णय गरिसकेका कारण क्याथे प्यासिफिकले आगामी फेब्रुअरी २८ सम्ममा आफ्ना चालक दलका सदस्यलाई बीएन(ओ) पासपोर्ट त्याग्न भनेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
बेलायतले बीएन(ओ) पासपोर्ट भएको ३० लाख हङकङबासीले बेलायतमा बस्न पाउने नियम बनाएपछि चीनले आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिँदै बीएन(ओ) पासपोर्टले काम नगर्ने निर्णय गरेको हो।
आज आइतबारदेखि बीएनओ पासपोर्ट हुनेहरुले बेलायत बस्ने आवेदन दिनसक्ने बेलायतले घोषणा गरेको थियो।
तर आइतबारदेखि नै बीएन(ओ) पासपोर्टले हङकङ बाहिर र भित्र आउन नपाइने नियम लागू भइसकेको छ।
हाल एचकेएसएआर पासपोर्ट अथवा एचकेआइडीले मात्र हङकङबाट भ्रमणका लागि बाहिर जान र आउन पाइने बताइएको छ। एससीएमपी
माघ १८, २०७७, आइतबार
प्रतिक्रिया