ad ad

अटो


टाटा मोटर्सद्वारा द हिडन ट्रेजरलाई टाटा अल्ट्रोज गाडी हस्तान्तरण

टाटा मोटर्सद्वारा द हिडन ट्रेजरलाई टाटा अल्ट्रोज गाडी हस्तान्तरण

नेपालखबर
माघ ८, २०७७ बिहिबार १६:१४,

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले मिस नेपालको आयोजक संस्था द हिडन ट्रेजरलाई आज आयोजित एक कार्यक्रमबीच टाटा अल्ट्रोज गाडी हस्तान्तरण गरेको छ।

केही समय अघि सिप्रदी ट्रेडिङ्ग प्रा. लि.र द हिडन ट्रेजरबीचटाटा अल्ट्रोज मिस नेपालको अफिसियल कार हुने सम्झौताभएको थियो।

उक्त कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा. लि.का सीईओ राजनबाबु श्रेष्ठले टाटा मोटर्सका कन्ट्री म्यानेजर अजितनारायण सिंहको रोहवरमा द हिडन ट्रेजरका प्रतिनिधिहरुलाई टाटा अल्ट्रोज गाडी हस्तान्तरण गरे।

प्रिमियम ह्याचब्याक सेग्मेन्टको रुपमा यसै वर्षको शुरुवातमाभारतमा सार्वजनिकभएदेखि नै टाटा अल्ट्रोजले अत्याधिक सकारात्मक प्रतिक्रिया पाइरहेको छ। यसको सुरुवाती मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

टाटा अल्ट्रोज अल्फाअर्थात एजाइल, लाइट, फ्लेक्जिबल र एडभान्स आर्किटेक्चरमा बनेको पहिलो र एकमात्र गाडी हो। यसमा स्ट्राइकिङ डिजाइन, ग्लोबल एनक्यापमा फाइभ स्टार सेफ्टी रेटिङ, गोल्ड स्ट्यान्डर्ड सेफ्टी, ड्राइभिङ्ग डाइनामिक्स र उत्कृष्ट प्रविधि रहेका छन्।

टाटा अल्ट्रोज विविध किसिमका सुविधा र विशेषताहरुले भरिपूर्ण रहेको छ। यसमा जडित १.२ लिटरको रेभोट्रन इन्जिनले ८६ पीएस पावर र ११३ एनएम टर्क प्रदान गर्दछ। यसमा रहेकोे मल्टि ड्राइभ (सिटि र इको) मोडले स्पोर्टी ड्राइभिङ डाइनामिक्स र इन्धनखपतको प्रभावकारितालाई सन्तुलन कायम गर्दछ।

यस सेग्मेन्टमै उत्कृष्ट लेग स्पेस रहेको गाडीको भित्री डिजाइन खुल्ला र फराकिलो रहेको छ। अल्ट्रोज अत्यन्तै उत्कृष्ट र उच्च गुणस्तरीय सामग्रीबाट बनेको टाटा मोटर्सले जनाएकोे छ।

आइडल स्टप-स्टार्ट बटन, क्रुज कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल एसी, एम्बिएन्ट मुड लाइटिङ, ९० डिग्री डोर ओपनिङ, अटो हेडल्याम्प, रेन सेन्सिङ वाइपर र हिडन डोर्स ह्यान्डल लगायतका अति उत्कृष्ट बिशेषताहरु यसमा रहेका छन्।

प्यासेन्जरको सुरक्षाका लागि यस गाडीको सबै भेरिएन्टमा एबीएस, ईबीडी, सीएससी. र ड्युअल एयरब्यागहरु रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .