नेपालमा स्पार्क अटोमोटिभ्स प्रालिले भारतको लोकप्रिय हेभी इक्विपमेन्ट उत्पादन कम्पनी एस ब्राण्डको मेसिनहरु भित्र्याएको छ ।
एस कम्पनीद्वारा उत्पादित यी हेभी इक्विपमेन्टहरु विभिन्न निर्माणकार्यमा लोकप्रिय छन् ।
नेपालमा स्पार्क अटोमोटिभ्स प्रालिले भित्र्याएका यी हेभी इक्विपमेन्ट्सहरुमा ३–४० टनका क्रेन, ब्याक्हो लोडर, ह्विल लोडर तथा विभिन्न सडक निर्माणमा आवश्यक कम्याक्टर, टेन्डम रोलर, ग्रेडर एवं वेयर हाउस इक्विपमेन्टमा फर्कलिफ्ट, स्ट्रयाकर आदि छन् ।
स्पार्क अटोमोटिभ्सकोे वर्कसप तथा शोरुम काठमाडौं तथा वीरगञ्जमा छ भने कर्पोरेट अफिस नक्साल, काठमाडौंमा छ । साथसाथै कम्पनीले नेपालमा आवश्यक पर्ने एस ब्राण्डका अन्य उत्पादनहरु समेत बजारमा क्रमशः बिक्रीवितरण गर्ने र आगामी दिनमा बिक्रीपश्चात्का सर्भिस सेवालाई पनि उत्तिकै महत्वमा राखी समयअनुसार शाखाहरु विस्तार गर्दै लैजाने जनाएको छ ।
एस इक्विपमेन्ट भारतको अग्रणी निर्माणसम्बन्धी उपकरण निर्माण गर्ने कम्पनी हो, जसले निर्माण तथा उत्पादन गरेको निर्माण सामग्री उपकरण देशभरका सबै प्रमुख पूर्वाधार निर्माण, ठूला–ठूला निर्माण र औद्योगिक परियोजनाहरुमा छ । एसले आफ्नो उत्पादनहरुको बिक्रीवितरण मध्यपूर्व, एसिया, अफ्रिकालगायतका मुलुकहरुमा समेत गर्दै आइरहेको छ ।

प्रतिक्रिया