बीएमडब्लूले नेपालमा पहिलो विद्युतीय एसयूभी सार्वजनिक गरेको छ।
बीएमडब्लुको आधिकारिक विक्रेता लक्ष्मी प्रिमियम मोटर्सले २ करोड २९ लाख रुपैयाँ पर्ने बीएमडब्लू आईएक्स गाडी सोमबार सार्वजनिक गरेको हो।
यो गाडी एक पटक फुल चार्ज गरेपछि ४६० किलोमिटर कुद्छ। यसमा एसी चार्जिङ ११ किलोवाट र डिसी चार्जिङ १५० किलोवाटसम्मको प्रयोग गर्न सकिन्छ।
गाडीको अधिकतम पावर २१० किलोवाट आवर र ४०० एनएम टर्क रहेको छ। ६.८ सेकेन्डमा ० देखि १०० किलोमिटर अक्सिलेरेसन क्षमता रहेको गाडी फास्ट चार्जरबाट ४५ मिनेटमा फुल चार्ज हुने कम्पनीले जनाएको छ।
बीएमडब्लूले सिरिज थ्रि, सिरिज फाइभ, सिरिज सेभेन र सिरिज एक्स मोडलका गाडी नेपालमा विक्री गर्दै आएको छ।
साउन २, २०८०, मंगलबार
72
Shares
प्रतिक्रिया