ad ad

राजनीति


जो बाइडेनको जितलाई उल्ट्याउन अन्तिम प्रयास गर्दै ट्रम्प समर्थक सांसदहरु

जो बाइडेनको जितलाई उल्ट्याउन अन्तिम प्रयास गर्दै ट्रम्प समर्थक सांसदहरु

नेपालखबर
पुस १९, २०७७ आइतबार ६:४७,

उनले यसै महिनाको जनवरी २० मा शपथ ग्रहण गर्दै ट्रम्पलाई प्रतिस्थापन गर्नेछन्। यद्यपी अमेरिकी संसदको माथिल्लो सदन सिनेटका सांसदहरूको एउटा समूहले बाइडेनको जितलाई उल्ट्याउने अन्तिम प्रयास गर्दैछन्।

निर्वाचनमा धाँधली भएको भनिएका मतका विषयमा अनुसन्धान गर्न आयोग नबनाउँदासम्म जो बाइडनको जितलाई प्रमाणित नगर्ने उनीहरुले बताएका छन्।

सिनेटका सांसद र सांसद–निर्वाचित भएका ११ जनाको उक्त समूहको नेतृत्व टेड क्रुजले गरेको बीबीसीले जनाएको छ।

उनीहरूले अपुष्ट ती आरोपबारे जाँच गर्न १० दिन पर्खनुपर्ने माग राखेका छन्।

जनवरी ६ मा हुने एउटा मतदानमा अधिकांश सांसदरूले बाइडनको जित स्वीकार्ने गरी मतदान गर्ने अपेक्षा गरिएको बेला त्यस्तो कदम सफल हुने ठानिएको छैन।

डेमोक्र्याटको बाहुल्य रहेको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सका केही रिपब्लिकन सांसदहरुले समेत चुनावी नतिजाको विरोध गर्ने तयारी गरिरहेका छन्।

राष्ट्रपति ट्रम्पले अझैसम्म हार स्वीकारेका छैनन् र उनले बारम्बार कुनै प्रमाण नदेखाइकनै धाँधली भएको आरोप लगाएका छन्।

यद्यपी चुनावी नतिजा उल्टाउने ट्रम्पको कानुनी प्रयासलाई धेरैतिर अदालतले अस्वीकार गरिदिएको छ।

राष्ट्रपतीय चुनावको नतिजालाई स्वीकृत गर्ने अमेरिकी इलेक्ट्रोरल कलेजले गत महिना बाइडनले ३०६ का विरुद्ध २३२ मतले जितेको नतिजा दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .