अटो


फोर्डकाे क्रिसमस उत्सव, टेष्ट ड्राइभ गर्न पाउने अवसर

फोर्डकाे क्रिसमस उत्सव, टेष्ट ड्राइभ गर्न पाउने अवसर

नेपालखबर
पुस ८, २०७७ बुधबार ११:३०,

जी.ओ. अटोमोवाइल्स् प्रा.लि.(जी.ओ.) फोर्ड गाडीको नेपालको लागि आधिकारिक विक्रेताले हालै फोर्डको २०२१ संस्करण २०२० कै मूल्यमा बुकिङ खुल्ला गरेको थियो।

क्रिसमसको उपलक्ष्यमा लविम मलले हरेक वर्षझैँ गर्ने हर्षोल्लासमय पर्वमा फोर्डले सहकार्य गर्दै विभिन्न उपहारहरु ग्राहकमाझ बाँड्ने भएको छ। साथै यस उत्सवमा फोर्डको २०२१ संस्करण गाडी २०२० मूल्यमा बुकिङको व्यवस्था पनि गरिएको छ।

ग्राहकको सुविधालाई ध्यानमा राखी फोर्ड इकोस्पोर्ट र फोर्ड फ्रिस्टाइलको टेष्ट ड्राइभको पनि व्यवस्था गरिएको कम्पनीले जनाएको छ। यस उत्सवमा ग्राहकहरुले विभिन्न अद्भुत र आश्चर्यजनक खेल, प्रतियोगिताहरुको साथै यसपाली अलि फरक किसिमको सान्तासँग अन्तरक्रिया गर्ने मौका पनि प्राप्त गर्न सक्ने छ।

प्रदशर्नी तथा टेष्ट ड्राइभ
सो उत्सवमा ग्राहकवर्गले आफ्नो छनौटको फोर्ड गाडी अवलोकन तथा टेष्ट ड्राइभ गर्न पाउने सुविधाको पनि व्यवस्था गरिएको छ तथा फोर्ड बिक्री प्रतिनिधिले इच्छुक ग्राहक वर्गको लागि विभिन्न फोर्ड गाडीको प्रदर्शन गर्नेछन्। साथै २०२१ संस्करण फोर्ड गाडीको २०२० मूल्यमा बुकिङको पनि व्यवस्था गरिएको छ।

फाेटो प्रतिस्पर्धा
कम्पनीको डिजिटल प्रचार अन्तर्गत उत्सवमा सहभागीहरुले तल्लो फ्लोरमा रहेको क्रिसमस ट्री (एलजीटी) सँगै फोटो खिची आफ्नो सोसियल मिडिया (पब्लिक पोष्ट) मा निम्न ह्यासट्याग ह्याच) फोर्ड विन्टर फेस्ट ह्याच फेर्डनेपाल हयच लविममल पोष्ट गरी दैनिक आकर्षक उपहार जित्न सकिनेछ। यस प्रतिस्पर्धाको विजेताले फोर्डबाट आकर्षक उपहार एमआई फिट ब्याण्ड प्राप्त गर्नेछन्।

नीलो सान्ता
‘सान्ताबारे तपाईको अवधारणा के छ? सान्ता जसलाई रातो र सेतो पहिरणमा देख्छाैँ। यस क्रिसमसमा फोर्डले फरक परिदृश्यमा प्रस्तुत गर्दैछन्’ कम्पनीको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो सान्ता फोर्डको नीलो पृष्ठभूमीमा राम्रो साजसज्जाका साथ प्रस्तुत हुँदै उपहार चकलेट बाँड्दै लविम मलको दर्शकमा प्रेमभाव व्यक्त गर्नेछन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad