गत हप्ताको शुक्रबार चिनियाँ राष्ट्रपति सी चिनफिङले वेस्टर्न थिएटर कमान्डको जिम्मा आर्मी जेनरल जाङ जोदुङलाई दिएको द हिन्दुले जनाएको छ।
भारत र चीनबीच सीमा विवाद जारी रहेको समयमा चीनले भारतसँगको सीमा हेर्नेगरी नयाँ प्रमुख नियुक्त गरेको हो।
गत जुन १५ को हिंस्रक झडपयता भारत र चीनका सेनाबीच धेरैपटक विवाद साम्य गर्नेबारे वार्ता भएपनि सहमति हुन सकेको छैन।
जाङ जोदुङ
जनरल जाङलाई भारतीय सीमा सुरक्षाको बारेका अनुभव नभएको बताइएको छ। उनी यसअघि राजधानी बेइजिङको सुरक्षामा खटिएका थिए।
जाङले वेस्टर्न थिएटर कमान्डमा जेनरल चाओ जोङकीलाई प्रतिस्थापन गरेका हुन्। चाओ यसवर्ष ६५ वर्षका भएका छन्।
सन् २०१७ मा भएको दोक्लाम विवादमा चाओले चीनको नेतृत्व गरेका थिए। त्यसबेला भारत र चीनका सेनाबीच दुई महिना धक्कामुक्की भएको थियो।

प्रतिक्रिया