नेपालमा रेनोको आधिकारीक विक्रेता एड्भान्स अटोमोबाइलले ‘शुभ अफर’ अन्तर्गत ३० प्रतिशत डाउन पेमेन्टमै कम्प्याक्ट एसयुभी डस्टर उपलब्ध गराएको छ।
रेनोले हालै नेपालमा ल्याएको डस्टरको फेसलिफ्ट भेरियन्टमा अफर दिएको हो। डिजेल इन्जिनमा रहेको उक्त गाडीको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
कम्पनीले शुभ अफर अन्र्तगत कुनै पनि पुरानो गाडी ल्याएपनि ग्राहकले नयाँ डस्टरसँग एक्सचेन्ज सुविधा समेत उपलब्ध गराएको छ।
सन् २०१६ देखि नेपाली बजारमा रेनो डस्टरको बिक्री वितरण हुँदै आएपनि फेसलिफ्ट भेरियन्ट भने भर्खरै नेपाल आएको हो।
गाडीमा नयाँ स्टेयरिङ ह्वील, एङ्गुलर एसी भेन्ट, ब्राउन फ्रेब्रिक अपहोलस्ट्रीक, फक्स आल्मोनियम ट्रिम, क्रोम एन्ड ग्लस ब्ल्याक बिटजस्ता फिचर उपलब्ध रहेको छ।
यसमा १.५ लिटरको डीसीआई इन्जिन रहेको छ, जसले ८५ बीएच पावर र २०० एनएम टर्क जेनेरेट गर्छ। यसमा बीएस ६ मापदण्डको इन्जिन रहेको छ। जसले कम प्रदुषण उत्सर्जन गर्छ।

रेनोले डस्टरका डिजेल तथा पेट्रोल दुवै इन्जिनमा गाडी विक्री गर्दै आउको छ। पेट्रोल भेरियन्टमा आरएक्सइ भेरियन्टको मुल्य ३९ लाख ९० हजार रहेको छ। त्यसैगरी आरएक्सएलको ४१ लाख ९० हजार, आरएक्सएस ४३ लाख ९० हजार र पेट्रोल इन्जिनको महंगो भेरियन्ट आरएक्सएस सीभिटीको मुल्य ५१ लाख ४६ हजार तोकेको छ।
त्यसैगरी डिजेल इन्जिनमा आरएक्सजेटको ५१ लाख ९ हजार रहेको छ भने सबैभन्दा महगो आरएक्सजेट एडब्लुडीको ६९ लाख ९ हजार मुल्य रहेको कम्पनीले उल्लेख गरेको छ।
फेसलिफ्ट डस्टरमा कम्पनीले ७.० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमसँगै एन्ड्रोइड अटो, एप्पल कार प्लेको फिचर दिइएको छ।
डस्टरको गाडीमा म्यानुयल एसी, हाइट एडजस्टेबल ड्राइभर सिट, फ्रन्ट आर्मेष्ट, इलेक्ट्रीकल्ली फोल्डेबल ओआरभीएमएस, रियर पार्किङ क्यामरा, स्टेरिङ माउन्टेड अडियो, किलेस इन्ट्री, रियर वाइपरजस्ता विशेषता रहेका छन्।
Shares

प्रतिक्रिया