निशान मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले निशानको सर्वाधिक प्रतिक्षित ईभी ‘निशान लिफ’ नेपालमा लन्च गर्ने घोषणा गरेको छ।
विद्युतीय सवारीमा बिद्यमान करलाई वृद्धि गरिए पश्चात सो गाडीको लन्च कार्यक्रम पूर्व निर्धारित समयमा हुन सकेको थिएन। तर नेपाल सरकारले करलाई पुनरावलोकन गर्ने व्यवस्था गरेकाले निशानको ‘लिफ’ गाडी २०२१ साल अप्रिलमा लन्च हुने भएको छ।
निशान लिफ संसारकै पहिलो ‘मास मार्केटेड’ बिद्युतीय गाडी हो र यो गाडी बिद्युतीय गाडी मार्केटमा ग्लोबल लिडर पनि बन्न पुगिसकेको छ।
निशान लिफ निसानको बिद्युतीय गाडीहरुमा सबै भन्दा उन्नत कार हो। निशान लिफ संसारभर दुई लाख ५० हजार भन्दा बढी बिक्री भैसकेको छ। यस कारणले पनि निशान लिफ आम सर्वसाधारणहरुको सहज पहुँचमा पुग्ने पहिलो बिद्युतीय सवारी बन्न पुगेको छ।
पहिलो निशान लिफ २०१० को डिसेम्बरमा जापानमा लन्च भएको थियो। उन्नत फिचरहरु र उत्कृष्ट लुक भएको निशान लिफ विश्वव्यापी रूपमा सबैभन्दा धेरै बिक्री हुने सवारीको रुपमा परिचित छ।
अधिक हर्शपावार र टर्क सहित आउने निशान लिफमा उन्नत टेक्नोलोजी र फिचरहरु छन। ४० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने यस गाडीमा अत्याधुनिक इपेडल टेक्नोलोजी पनि समावेश गरिएको छ। इ-पेडलमा एक्सलेरेटर पेडल छोड्नासाथ गाडीको गति आफै कम हुँदै जाने हुनाले एउटै पेडलले ड्राइभिङ गर्न सकिनेछ।
Shares
प्रतिक्रिया