अटो


टीभीएसका उपभोक्ता नै भन्छन्ः यो ब्रान्ड नकिन्नुस्, अफरले झुक्याउँछ, प्रोडक्टले धोका दिन्छ

टीभीएसका उपभोक्ता नै भन्छन्ः यो ब्रान्ड नकिन्नुस्, अफरले झुक्याउँछ, प्रोडक्टले धोका दिन्छ

नेपालखबर
असोज २७, २०७७ मंगलबार ६:४१,

नेपालको लागि टीभीएस मोटरसाइकलको आधिकारिक बिक्रेता जगदम्बा मोटरसाइकलले दशैंको मौका पारेर शून्य प्रतिशत डाउनपेमेन्टमा नै टीभीएसका मोटरसाइकल तथा स्कुटरहरु उपलब्ध गराउने भन्दै सूचना जारी गरिरहेको छ।

तर टीभीएसको उत्पादन प्रयोग गरिरहेका उपभोक्ता नै जगदम्बाको यो सूचना झूट भएको भन्दै टीभीएसका मोटरसाइकल तथा स्कुटरहरु खरिद नगर्न भनिरहेका छन्।

जगदम्बाले नेपाल राष्ट्र बैंकको डाउनपेमेन्ट नीति पनि उल्लंघन गरेको छ। राष्ट्र बैंकको नीतिअनुसार डाउनपेमेन्ट ५० प्रतिशत कायम हुनुपर्छ। यो भनेको मोटरसाइकल खरिद गर्दा ५० प्रतिशत रकम भुक्तानी गरेमा ५० प्रतिशत फाइनान्स गर्न सकिने भनिएको हो। तर टीभीएसले भने शून्य प्रतिशतमा नै यो डाउनमेमेन्ट पाइने उल्लेख गरेको छ। एक त यसरी सूचना जारी गर्नु आफैँमा गलत छ।

तर यो सूचना आफैँमा ठगी गर्ने मेलो भएको उपभोक्ताहरूले गुनासो गरेका छन्।

टीभीएसका एक जना ग्राहक रावल विक्रम सिंह भन्छन्, ‘टीभीएसले फेक विज्ञापन तथा सूचनाहरु जारी गर्ने गरेको छ। म आफैँ त्यसको मारमा परेको छु। विभिन्न आफरहरु ल्याएको भन्छ। मोटरसाइकल किन्यो यसमा चाहिँ छैन भन्ने गरेको छ। त्यो कुरा मलाई नै परेको हो।’

No description available.

त्यस्तै अर्का उपभोक्ता अरुण लगुन भने यसको फाइनान्स सुविधा नै अविश्वसनीय र झन्झटिलो भएको बताउँछन्। उनले टीभीएस बाइक किन्न काठमाडौंमा घर हुनुपर्ने नियमसमेत रहेको दाबी गरेका छन्।

No description available.

‘भेस्पा मोटरसाइकल कम्पनीले फाइनान्स गर्न न त आयस्रोत देखाउनुपर्ने न त जिम्मेवजार मान्छे हुनुपर्ने, नागरिकता र बत्तीको बिल, लाइसेन्स भए हुने रहेछ’, उनले भनेका छन्, ‘यो टीभीएसले त फाइनान्स गर्न पनि सबै कागजात चाहिने रे, (जसको नागरिकता छ उही उपस्थित हुनुपर्ने, आयस्रोत देखाउनुपर्ने, काठमाडौंमा घर हुनुपर्ने, काम कतै गरेको भए कम्पनीको स्यालरी स्टेटमेन्ट चाहिने, कलकारखाना भए भ्याट नम्बर, कर तिरेको हुनुपर्ने, बैंकको कारोबार गरेको भए त्यसको स्टेटमेन्ट चाहिने, कति दुःख दिएको ?’

अर्का उपभोक्ता राजेश वाग्लेले भने आफूले किने १/२ महिनामा नै क्लज प्लेट गयो भनेर कम्पनीको नै सर्भिस सेन्टरले ठगी गर्न खोजेको बताएका छन्। यो कम्पनी ठग रहेको उनको भनाइ छ।

No description available.

त्यस्तै इलामका रमेश नामका ग्राहकले भने यसको पार्टसहरु धेरै महंगो रहेको बताएका छन्। उनी भन्छन्, ‘टीभीएसको पार्टसहरु धेरै महंगो छ।’

बरु टीभीएसभन्दा बजाज राम्रो भएको उनको भनाइ छ।

No description available.

एक त डाउनपेमेन्ट नीतिविपरीत अर्को योजना झुट
आफ्नो बिक्री योजनामा शून्य प्रतिशतको डाउनपेमेन्ट गर्ने उल्लेख गरेको जगदम्बा मोटर्सले बैंकले प्रश्न उठाउँदा त्यो स्किमको नामकरण मात्रै भएको बताउने गरेको छ। टीभीएस बाइक तथा स्कुटरहरुको कारोबार शून्य प्रतिशतको डाउनपेमेन्ट गरेर जगदम्बा मोटर्सले बैंकलाई चुनौती दिइरहेको छ र ग्राहकलाई पनि झुक्याइरहेको छ।

यो पनि :
चुलियो टीभीएस मोटरसाइकलको अनधिकृत कारोबार, राष्ट्र बैंक भन्छ- कारबाही हुन्छ

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad