‘केही मिडिया हाउसले गैरजिम्मेवारीपूर्वक’ रिपोर्टिङ गरेको भन्दै उनीहरुले सोमबार मात्र दिल्ली उच्च अदालतमा मुद्दा हालेका छन्।
उनीहरुले रिपब्लिक टीभी, त्यसका सञ्चालक गोस्वामी, पत्रकार प्रदीप भण्डारी तथा टाइम्स नाउ च्यानल र यसका एंकर राहुल श्रीवास्तव र नविका कुमारलाई विपक्षी बनाएका छन्।
मुद्दा दायर गर्नेहरुमा बलिउडका तीन खान आमिर खान, शाहरुख खान, सलमान खान, करण जौहर, अक्षय कुमार, आदित्य चोपडालगायतका प्रोडक्सन हाउस समेत समावेश छन्।
अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि यी टेलिभिजन च्यानलले बलिउडका हस्तीहरुले राजपुतको हत्या गरेकोजस्ता गम्भीर आरोप लगाएका थिए।
महिनौँसम्म यस विषयमा लगातार प्रसारण गरिरहेका च्यानलहरुले बलिउडमा दुर्व्यवहार, लागूऔषध प्रयोग, ब्ल्याकमेलिङजस्ता गम्भीर समस्या रहेको आरोप लगाएका थिए।
पत्रकार गोस्वामीले सलमान खानलाई लाइभ टेलिभिजनबाटै झपारेका थिए। उनले सुशान्तको मृत्यु प्रकरणबारे किन नबोलेको भन्दै प्रश्न गरेका थिए।
Bullywood the gutter of drugs, exploitation, nepotism and jihad it’s lid is off instead of cleaning this gutter #BollywoodStrikesBack well file a case on me also, till the time I am alive I will continue to expose you all #BollywoodStrikesBack https://t.co/TORYVWQYa0
गोस्वामीसहित टेलिभिजन च्यानलविरुद्ध बलिउडका चर्चित हस्तीहरुले मुद्दा हालेपछि कंगना रणावतले एक ट्वीट गरेकी छिन् जहाँ उनी बलिउडविरुद्ध खनिएकी छिन्।
उनले ट्वीटमा भनेकी छिन्,‘बलिउड ड्रग्स, शोषण, नेपोटिज्म र जिहादको नाली हो। यसलाई सफा गर्नुको साटो ((.जस्ता ह्यासट्यागको प्रयोग गरिएको छ। म त भन्छु मलाई पनि मुद्दा हाल्दा हुन्छ। जबसम्म म जीवित छु, तबसम्म म सबैको वास्तविकता पर्दाफास गर्नेछु।’
उनी भन्छिन्,‘ठूला स्टार नायकले महिलालाई बस्तुकरण मात्र गर्दैनन् उनीहरु नयाँ जवान महिलाको शोषण पनि गर्छन्। उनीहरु सुशान्त सिंह राजपुतजस्ता युव कलाकारलाई फस्टाउन दिँदैनन्। ५० वर्षको उमेरमा उनीहरु विद्यालयका छात्रको भूमिका निर्वाह गर्न चाहन्छन्।’
कंगनाले सुरुवातदेखि बलिउडमा नातावाद र क्रिपावाद जकडिएर रहेको बताउँदै आएकी छिन्। सुशान्त सिंह सोही नातावादको शिकार भएका कारण डिप्रेसनमा गएको उनको भनाइ छ। उनले बलिउडलाई बुलिउड ‘बदमाशीको समूह’ भन्ने गरेका छन्। एजेन्सी
Shares

प्रतिक्रिया