नेपालको लागी स्याङयोङ मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले ‘स्याङयोङ्ग सुपर डिस्काउन्ट’ ल्याएको छ। जहाँ ग्राहकहरूले यस अफर अन्तर्गत ‘कोरियन लक्जरी एसयूभी, एक्सएलभी’ मा ३ लाख छुट प्राप्त गर्न सक्नेछन्।
साथै, ग्राहकहरुले आफ्ना पुराना सवारी टिभोली अथवा एक्सएलभी सँग एक्सचेन्ज गरेको बापत २ लाख एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सक्नेछन्। त्यसैगरी कम्पनीले कोभिड वारियर्सहरु (डाक्टरहरू, नर्सहरू, स्वास्थ्य सेवाकर्मीहरू र प्रहरीहरु) लाई थप १ लाख डिस्काउन्ट दिइने जनाएकाे छ।
साथै आइएमएस मोटर्स, स्याङयोङ्गले ग्राहकहरुलाई यसप्रकार अफर प्रदान गरेको छ ;
एक वर्ष निःशुल्क बीमा,
रु. २५ हजार बराबरको निःशुल्क एक्सेसरिज,
सात वर्ष सजिलो फाइनान्स,
तीन वर्ष वारेन्टि,
निःशुल्क सर्भिसिङ्ग (४ पटक वा रिफरल ग्राहकहरूको लागि १ वर्षसम्म),
यस स्याङयोङ्ग सुपर डिस्काउन्ट अफर २०७७ साल असोज ७ गते देखि असोज २० गते सम्ममात्र हुनेछ।
स्याङयोङ्ग कोरियाको चौथौ ठूलो गाडीहरु उत्पाद गर्ने कम्पनी हो। सन् १९५४ देखि सुरुवात गरिएको यस कम्पनीको गाडीहरु आफ्नो आधुनिक स्टाइल अनि उत्कृष्ट प्रदर्शनको लागि चिनिने गर्दछन् जसको मुल कारण कम्पनीका दक्ष इन्जिनियरहरु हुन्। उनीहरुका अन्य मोडलहरु जस्तै एसयूभीएस पिकअप ट्रक्स एमपीभीएस रहेका छन् ।

प्रतिक्रिया