अटो


भारतमा ११ महिनामै १ लाख थान बिक्यो किया

भारतमा ११ महिनामै १ लाख थान बिक्यो किया

नेपालखबर
साउन १८, २०७७ आइतबार १२:२१,

कियाले भारतमा डेब्यु गरेको ११ महिनाभन्दा थोरै बढी अवधिमा एक लाखभ भन्दा बढी एसयुभी बिक्री गरेको जनाएको छ।

कियाले सन् २०१९ को अगस्टमा आफ्नो पहिलो मोडल रुपमा सेल्टोस भारतीय बजारमा सार्वजनिक गरेको थियो। त्यसयताको अवधिमा किया सबैभन्दा तीव्र गतिमा एक लाख थान एसयुभी बिक्री गर्ने अटोमेकर बन्न सफल भएको छ।

कोरियाली अटो निर्माता कियाले आफ्ना जम्मा दुईवटा मोडल– कार्निभल प्रिमियम एमपिभी र सेल्टोस एसयुभी–बाट यो उपलब्धि हासिल गरेको हो। मोडलगत प्रगति हेर्दा यसै वर्षको सुरुतिरको अटो सोमा भारत प्रवेश गरेको कार्निभल तीन हजार ६१४ युनिट बिक्री भएको छ।

सेल्टोस ९७ हजार ७४५ थान बिक्री भएर छोटो अवधिमै भारतमा सबैभन्दा बढी बिक्री हुने युटिलिटी भेहिकल बन्न सफल भएको छ। सेल्टोस बजारमा आएदेखि नै लोकप्रिय रहेको र त्यसयता पनि लोकप्रियता कायम गर्न सक्दा यसले लोकप्रिय एयसुभीको उपाधि हात पारेको हो।

कियाले भारतीय बजारमा आफ्नो तेस्रो मोडेल अल न्यु सोनेट कम्प्याक्ट एययुभी सार्वजनिक गर्ने तयारी गरेको छ। अगस्ट ७ मा ग्लोबल लन्चको तयारी रहेको कियाको नयाँ मोडल सोनेट भारतीय बजारमा आगामी सेप्टेम्बरमा आउने अपेक्षा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad