नेपालमै पहिलो पटक प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको सफल उपचार भएको छ।
त्रिवि शिक्षण अस्पतालमा भेन्टिलेटरमा रहेका एक जना कोरोना संक्रमितको यस विधिबाट सफल उपचार गरेको हो ।
अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. सन्तकुमार दासका अनुसार ६५ वर्षीय कोरोना संक्रमितको प्लाज्मा थेरापी विधिबाट गरिएको उपचार सफल भएको हो।
यस विधिमा कोरोना संक्रमणबाट निको भएका व्यक्तिहरुको रगतबाट प्लाज्मा छुट्याएर कोरोनाका कारण गम्भीर बिरामीलाई दिइने दासले बताए।
कोरोना संक्रमणबाट फोक्सो समस्या देखिएपछि ती संक्रमितलाई भेन्टिलेटरमा राखिएको थियो। ९० प्रतिशत अक्सिजन दिनु परेका विरामीलाई प्लाज्मा थेरापी गर्दा २४–२८ प्रतिशतमात्रै आवश्यक परेको र अहिले संक्रमितको अवस्थामा सुधार आएको दासले बताए।

प्रतिक्रिया