ad ad

अटो


महाप्रबन्धक भट्ट भन्छन् : हुन्डाईका सबै गाडीमा स्किम ल्याएका छौँ

महाप्रबन्धक भट्ट भन्छन् : हुन्डाईका सबै गाडीमा स्किम ल्याएका छौँ

नेपालखबर
असार ३१, २०७७ बुधबार १०:२९,

रुपेश भट्ट नेपालमा हुन्डाई गाडीका लागि अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक हुन्। नेपालमा अहिले कोरोना संकटको कारण लगाइएको लकडाउन केही खुकुलो पारिएको छ। अचानक सुरु भएको महामारीले कम्पनीको नेपालमा हुने व्यवसायमा कस्तो असर गर्यो, लकडाउन खुकुलो हुँदा कम्पनीमा ग्राहकको आकर्षण कस्तो छ, विशेष परिस्थितिमा ग्राहकका लागि ल्याइएका स्किमका फाइदालगायतका विषयमा उनै भट्टसँग गरिएको संक्षिप्त वार्ताः

लकडाउन खुकुलो भएपछि कसरी व्यवसाय चलाइरहनुभएको छ?
लकडाउनपछि हामीले बजारलाई चलायमान बनाउन स्किम ल्याएका छौँ। यसले मानिसमा सकारात्मक प्रभाव परेको छ । नेपालभरका शोरुमहरुमा सरकारका गाइडलाइन ‘फलो’ गर्दै कामलाई अघि बढाएका छौँ। सबै शोरुम स्यानिटाइज गरेर सामाजिक दूरी कायम गर्दै काम गरिरहेका छौँ। अहिले ‘फुल क्यापासिटी’मा मानिस राखेका छैनौँ। सीमित कर्मचारी राखेर व्यवसाय चलाइरहेका छौँ।

ग्राहकको आगमन विस्तारै बढ्दै गएको छ। अर्को महिनाबाट फरक परिणाम आउँछ कि भन्नेमा आशा छ। सामान्य अवस्थाजस्तो त भएको छैन तर पनि सकारात्मक रुपमै ग्राहकको आगमन बढेको देखिन्छ।

creta hyundai suv

अटो बिक्रेताले स्किम ल्याएको कारण बजारमा चहलपहल बढेको हो?
यसमा दुई कारण छन्। एउटा, तीन महिनादेखि ‘होल्ड’ भएर बसेका ग्राहक अहिले आउनथालेका छन्। उनीहरु स्किम नभए पनि आउने नै थिए। अर्कोचाहिँ स्किम हेरेर आउने ग्राहक पनि हुनुहुन्छ। तर हुन्डाई गाडी किन्ने ग्राहक स्किमको कारण मात्रै आउँछन् भन्ने हुँदैन। हुन्डाई गाडी किन्ने भन्ने एउटा मनसाय बनाएर बसेका ग्राहक धेरै हुनुहुन्छ।

स्किमले उहाँहरुलाई केही सहजता वा फाइदा दिने मात्रै हो। हुन्डाई गाडी किन्ने मानिस पहिल्यै रिसर्च गरेर, मार्केट के छ बुझेर हुन्डाईको गाडी किन्छु भनेर आउँछन्। हुन्डाईको गाडी पनि राम्रो छ, त्यसमा पनि राम्रो स्किम ल्याउँदा ग्राहकको चासो बढ्नु स्वाभाविक हो।

हुन्डाईका सबै गाडीको लागि स्किम हो वा सीमित गाडीमा मात्रै?
हुन्डाईका सबै गाडीमा अहिले स्किम छ। तर गाडीअनुसार फरक–फरक अफर ल्याएका छौँ। क्रेटा, ग्राण्ड आई१० र सेन्ट्रोका लागि फरक खालको स्किम रहेको छ। नगद छुटसहित पहिलो वर्षको अटोलोन मासिक किस्तामा सेन्ट्रो खरिदकर्ताले ८ हजार ४ सय २७, ग्राण्ड आई१०का ग्राहकले १० हजार ८ सय ८३ र क्रेटाका ग्राहकले १७ हजार २ सय १४ को स्किम ल्याएका छौँ। त्यसको लागि कम्पनीले भनेको वित्तीय सस्थासँग फाइनान्स गर्नुपर्ने शर्त रहेको छ।

hyundai 55 offr

यी तीनबाहेकका अरु गाडीमा नगद छुट र एक वर्षको इन्स्योरेन्स सुविधा ल्याएका छौँ भने सबै गाडीमा यो आर्थिक वर्ष र आगामी आर्थिक वर्षको सडक दस्तुर सुविधा दिएका छौँ।
त्यसको अलावा स्वास्थ्यकर्मी डाक्टर, नर्सलगायतले अहिले गाडी खरिद गर्न चाहनुभयो भने २५ हजारको सर्भिस भौचर दिन्छौँ। त्यसमा उहाँहरुले २ वर्षभित्र हुन्डाईको कुनै पनि आधिकारिक सर्भिस सेन्टरमार्फत पार्टस, लुब्रिकेन्ट्सलगायतमा खर्च गर्न सक्नुहुनेछ।

तपाईंहरुले ल्याएको स्किम कहिलेसम्म लागू हुन्छ?
अहिले हाम्रो स्किम अगस्ट २२ तारिखसम्म रहेको छ। कोरोना र बजारको अवस्था हेरेर अझै बढाउन पनि सकिन्छ।

अटोबजार लकडाउनअघिको सामान्य अवस्थामा आउन कति समय लाग्ने देख्नुहुन्छ?
नर्मल (सामान्य) अवस्था कहिले आउँछ भन्न सकिँदैन। कोभिड १९को जोखिम भए पनि अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले लकडाउन केही खुकुलो गरेको हो। मानिसमा अझै पनि बाहिर निस्किन डर नै छ। कोरोना जहिले साम्य हुन्छ, त्यसपछि मात्रै अटोबजार पनि सामान्य होला।

hyundai santro car 66

ग्राहक अहिले पनि शोरुम आउने धेरै छन् कि अनलाइन वा फोनमार्फत बुझ्ने धेरै छन्?
अनलाइनमार्फत बुझ्ने ग्राहक पनि धेरै हुनुहुन्छ। तर हामीले शोरुममा आउँदा पनि सुरक्षाका विधि अपनाएका छौँ। मास्क लगाउन अनिवार्य गरेका छौँ। हामीले शोरुममा आउने ग्राहकका लागि पञ्जा, हात धुने ठाउँ, स्यानिटाइजर, ग्राहकसँग बोल्दा दूरी कायम गरी आवश्यक वातावरण बनाएका छौँ।

अहिलेको अवस्थामा गाडी किन्न चाहने ग्राहकको लागि के भन्न चाहनुहुन्छ?
गाडी भनेको घरपछिको ठूलो लगानीका रुपमा हामीले बुझ्ने गरेका छौँ। गाडी किन्दा स्किम हेरेर मात्रै हुँदैन भन्ने हाम्रो भनाइ हो। गाडी खरिद गरिसकेपछि त्यसको पार्ट्स, सर्भिस कस्तो छ, बुझ्नु आवश्यक छ। विदेशमा राम्रो छ भनेर नेपालमा नबुझी खरिद गर्नुहुँदैन।

नेपालमा त्यस कम्पनीको नेटवर्क कस्तो छ भन्ने पनि बुझ्नुपर्छ किनभने प्रोडक्ट, ब्राण्डको बारेमा नबुझे पछि दुःख पाउन पनि सकिन्छ।

grand i10 hyundai ele old

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .