नेपालकै चर्चित सीजी ब्रान्डले नेपाली बजारमा एन्ड्रोइड टिभी भित्र्याएको छ। नेपालकै पहिलोपटक गुगलबाट मान्यता प्राप्त गर्न सफल एन्ड्रोईड टिभी सीजीले आफ्नो नेपाली ब्राण्डमा ल्याएकोे हो।
गुगल एन्ड्रोइड टिभी स्मार्ट टेलिभिजनका लागि गुगलद्वारा बनाईएको एक विशेष संस्करणको एन्ड्रोइड अपरेटिंग सिस्टममा चल्ने स्मार्ट टेलिभिजन हो। गुगल एन्ड्रोइड टिभीको सफ्टवेयर र प्रोग्रामहरु अपडेट गर्ने देखी सम्पूर्ण सफ्टवेयरको समस्याहरुको समाधान गुगलले नै गर्ने गर्दछ। यस गुगल एन्ड्रोइड टिभीमा एन्ड्रोइडको नयाँ संस्करण एन्ड्रोइड पाई प्रयोग भएको छ।
बेजल लेस युक्त यो टिभी धेरैभन्दा धेरै विशेषताहरुले भरिपूर्ण छ। गुगलबाट मान्यताप्राप्त भएको कारण अब तपाई यो टिभीको माध्यमबाट हरेक काम सजिलैसंग गर्न सक्नुहुनेछ । यो टिभी सि.जी.ले नेपाली ग्राहकहरुलाई ध्यानमा राखेर बनाइएको हो।
अब तपाईंहरुले यो टिभी आफ्नो बजेटअनुरुप विभिन्न साइजहरुमा किन्न सक्नुहुनेछ। यो टिभी ३२ इन्चदेखि ७५ इन्चसम्ममा उपलब्ध छ। साथसाथै यो टिभीसँगै एउटा भ्वाइस कन्ट्रोल रिमोट पनि उपलब्ध गराएको छ । यो रिमोटको सहायताले हामी बोलेरै लेख्न, अवाज कम वा बढी गर्न, टिभी बन्द गर्न आदि जस्ता थुप्रै काम गर्न सकिन्छ।
यसको प्रमुख विशेषताहरुमा गुगल असिस्टेन्ट रहेको छ । जसको मद्दतले तपाईले बोलेर टिभीलाई नियन्त्रण गर्ने, इन्टरनेटमा जानकारी खोजी गर्ने, मौसमको पूर्वानुमान थाहा पाउने, आफ्नो नजिकै रहेको रेस्टुरेन्ट, सिनेमा हल, पेट्रोल स्टेशन, बाइक मर्मत केन्द्र पत्ता लगाउने, नयाँ ठाउँ को बाटो पत्ता लगाउने आदि इत्यादी गर्न सकिन्छ।
त्यस्तै अर्को प्रमुख विशेषतामा क्रोमकास्ट रहेको छ। यस गुगल एन्ड्रोइड टिभीमा रहेको क्रोम कास्टको प्रयोगले ग्राहकले आफ्नो मोबाइलबाट मनपर्ने भिडियोहरू, गेमहरू टिभी स्क्रिनमा हाई क्वालिटीमा हेर्न सक्छन्। कास्ट बटनको केवल एक प्रयोगले युट्यूब, फेसबुकको भिडियो टिभी स्क्रिनमा हेरी मजा लिन सकिन्छ। त्यसैगरी गुगल प्लेस्टोरको माध्यबाट तपाईले नयाँ नयाँ एप र गेम रोजी रोजी डाउनलोड गरि प्रयोग गर्न सकिन्छ।
गुगल प्ले मुभिज र टिभी, गुगल प्ले गेमस् जस्ता थुप्रै विशेषताहरु यस टिभीमा रहेको छ । यस गुगल एन्ड्रोइड टिभीमा २ जीबी र्याम र १६ जीबी रोमको प्रयोग गरिएको छ । त्यसैगरि अर्को डल्बी डिजिटल साउण्डको प्रयोग गरिएको छ।
जुन डल्बी ल्याब्सद्वारा बनाइएको मल्टी च्यानल अडियो कोडेक हो जसले सिनेम्याटिक सराउण्ड साउण्डको अनुभव प्रदान गर्दछ ।
कम्पनीले यो टिभीमा ३ वर्षको वारेण्टी प्रदान गरेको छ ।

प्रतिक्रिया