ad ad

अटो


अप्रिलिया र भेस्पाका बिक्रेता भन्छन् : दुई पांग्रे सवारीसाधन किन्ने समय अहिले नै हो

अप्रिलिया र भेस्पाका बिक्रेता भन्छन् : दुई पांग्रे सवारीसाधन किन्ने समय अहिले नै हो

नेपालखबर
असार २२, २०७७ सोमबार १२:१४,

अटो व्यवसायीहरुले कोभिड १९ बाट सुरक्षित रहनका लागि तथा कम्पनीहरुले समेत राम्रो स्किम ल्याएकाले निजी सवारी चढ्ने अहिले उपयुक्त समय भएको बताएका छन्।

अप्रिलिया र भेस्पाको लागि आधिकारिक बिक्रेता दुगड ब्रदर्स एण्ड सन्स प्रालिका उपाध्यक्ष विजय महतोले दुईपांग्रे सवारी खरिदकर्ताको लागि सुवर्ण मौका भएको बताएका हुन्।

‘संक्रमण फैलिने डरले सामाजिक दूरी कायम गर्ने र अर्को सार्वजनिक यातायात बन्द भएको अवस्थामा ‘वर्किङ क्लास’लाई समस्या छ’, महतोले भने, ‘यस्तो अवस्थामा स्कुटर किन्नेहरुका लागि सुवर्ण मौका हो।’

mahato apriliya 3

कम्पनीले अप्रिलिया तथा भेस्पाका स्कुटर खरिदमा नगद छुट, ग्राहकले ५० प्रतिशत डाउनपेमेन्ट गरी बाँकी किस्ताको लागि शून्य प्रतिशत ब्याजदर, २ वर्षको लागि सडक दस्तुर छुटसहित हेलमेट, कभर, फुट म्याट, किरिङलगायतका सामग्री निःशुल्क उपलब्ध गराएको छ।

‘महामारीको बेला सहुलियत रुपमा सवारी खरिद गर्न सकून् भनेर हामीले यस्तो स्किम ल्याएका हौँ’, महतोले भने, ‘लकडाउन खुकुलोसँगै अप्रिलिया तथा भेस्पाका स्कुटरमा चासो बढेको छ, डेलिभरी ठीकै छ।’

उनले सेफ्टीको लागि शोरुम डिसइन्फेक्सन गरी अनलाइन बुकिङ र होम डेलिभरीलाई बढी प्राथमिकता दिएको बताए। ‘कुनै ग्राहकले शोरुम भिजिट गर्न चाहे डब्लुएचओको गाइडलाइनअनुसार सुरक्षा विधि अपनाएका छौं’, उनले भने।

भेस्पा तथा अप्रिलिया मन पराउनुको कारण आकर्षक लुक, गुणस्तरीय तथा इटालियन ब्राण्ड रहेको छ।

mahato apriliya 4

‘नर्मल स्कुटरसँग हाम्रो प्रतिस्पर्धा छैन। हाम्रा ग्राहक नै फरक छन्। अरु ब्राण्ड चढिसकेका मानिस अप्रिलिया तथा भेस्पा चढ्न खोज्छन्’, उनले भने, ‘युवाहरुले बढी अप्रिलिया भेस्पाका स्कुटर मन पराउँछन्। हाम्रा स्कुटर केटा, केटी जसले चढ्न पनि मिल्ने डिजाइनका प्रिमियम ब्रान्ड हुन्।’

अन्य स्कुटरको तुलनामा लामो यात्रा र बाइकको अनुभव पनि यी प्रिमियम स्कुटरबाट पाउन सकिन्छ। स्कुटर कुदाउन पनि ‘कम्फर्टेबल’ टायर, सस्पेन्सर, इन्धन ट्यांक अरुमा भन्दा पनि ठूलो र राम्रो रहेको उनले दाबी गरे।

अहिले बजारमा भेस्पा, अप्रिलिया दुवैको माग उत्तिकै छ।

‘हामी इन्ट्री लेबलको होइन प्रिमियम बाइक हो। हामी त स्किम दिएर बेच्नेभन्दा पनि गुणस्तरीय सवारी बिक्री गरिरहेका हौँ।’

mahato apriliya 5

मौद्रिक नीतिमा आशा
कम्पनीहरुले विभिन्न स्किम ल्याएका भए पनि ग्राहकहरु भने मौद्रिक नीतिमा केही सुविधा आउने आशामा रहेका छन्।

‘मौद्रिक नीति आउँदै छ। सरकारले त्यसमा केही सहुलियत ल्याउँछ कि भनेर पर्खेर बसेका ग्राहक पनि रहेका छन्’, उनले भने, ‘साढे तीन महिना लकडाउन हुँदा सबैसँग पैसाको चाप परेको छ।’

उनले मानिसले सहज रुपमा गाडी पाउनको लागि डाउनपेमेन्ट कम र ब्याजदर घटाउनुपर्ने बताउँछन्।

सामान्य अवस्थामा फर्कन त पूर्ण लकडाउन खुलेपछि बजार कसरी बढ्छ, त्यसमा भर पर्ने भन्दै उनले अर्थतन्त्र चलायमान बनाउन व्यवसायीहरुको ऋणको पनि पुनर्तालिकीकरण आवश्यक रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .