बाराका एक शिक्षकको गोली हानी हत्या गरेका अभियुक्त ११ वर्षपछि पक्राउ परेका छन्। बाराको फेटास्थित नेरा माविका शिक्षक प्रदीप कुमार तिमिल्सिनाको अत्या गरी फरार रहेका स्थानीय नन्दु बैठा पक्राउ परेका हुन्।
गाउँघरमा प्रवेश गरि लुकिछिपि बसेको भन्ने विशेष सुराकीको आधारमा प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो। ४४ वर्षीय बैठाले २०६६ वैशाख १७ गते बिहान करिव ११ः४५ बजेको समयमा विद्यालयबाट घर फर्किंदै गरेका शिक्षक प्रदिप कुमार तिमिल्सीनालाई उनीसहितको समूहले गोली हानि हत्या गरेको थियो।
घटनामा तिलक भनिने नन्दु बैठा, अग्नि भनिने सुनिल जैसवाल, बिजय पटेल र रामनारायण सहनी समेतको संलग्नता रहेको बारा प्रहरीले जनाएको छ। उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो।
घटनामा संलग्न बारा गंजभवानीपुर ३ का सुनिल जैसवाललाई २०७० साउन २४ गते र बिजय पटेललाई २०७३ पुष ५ गते पक्राउ गरेको थियो।
बारा जिल्ला अदालतले सुनिल जैसवाललाई सर्वस्वसहित जन्म कैद हुने फैसला गरेको थियो। बिजय पटेल पुर्पक्षका लागि कारागार कार्यालय बिरगञ्जमा छन्।
प्रतिक्रिया