ad ad

अटो


नेपालमा मोटरस्पोर्ट विषयमा जुलाई २ मा इ–वर्कशप हुने

नेपालमा मोटरस्पोर्ट विषयमा जुलाई २ मा इ–वर्कशप हुने

नेपालखबर
असार १५, २०७७ सोमबार ९:१३,

नेपालमै पहिलोपटक मोटरस्पोर्टबारे आगामी जुलाई २ मा इ–वर्कशप आयोजना हुने भएको छ।

जुममार्फत आयोजना हुने सो ई—वर्कशपमा नेपालमा फोरह्विलर स्पोर्ट, ड्राइभ टुरिज्मका लागि पूर्वाधार, मोडल, सुरक्षा र दिगोपनाजस्ता विषयमा छलफल तथा कार्यपत्र प्रस्तुत हुने नेपाल अटोमोबाइल्स एसोसिएसनले जनाएका छ।

नेपालको अटोमोबाइल, पर्यटन र खेलकुद क्षेत्रको नयाँ प्रोडक्टको रुपमा आइरहेको मोटरस्पोर्ट र ड्राइभ टुरिज्ममा उक्त वर्कशपले एउटा प्रष्ट अवाधारणा अगाडि ल्याउने विश्वास गरिएको छ। जुलाई २ अपराह्न ४ बजे वर्कशप सुरु हुनेछ। वर्कशपमा मोटर स्पोर्ट सिंगापुरकी महासचिव तथा एफआईए वुमन इन मोटरस्पोर्ट कमिसनकी जानेट टान, चाइनिज ताइपेई मोटरस्पोर्टका अध्यक्ष डा. क्वाङ विंग युंग, इन्स्टिच्युट अफ रोड सेफ्टी ट्राफिक इन्भाइरोन्मेन्ट पाकिस्तानकी समिर नाजिर, माउन्टेन स्पोर्ट फेडेरेसन नेपालका अध्यक्ष गोविन्द भट्टराई वक्ता हुनेछन्।

त्यस्तै, सो कार्यक्रमा फक्सवागन नेपालका सीईओ विवेक बिजुक्छे, डेल्टा टायरका विक्रम सिंघानिया, इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स नेपालका उपाध्यक्ष ई. सुशील तण्डुकार, नेपाल अटोमोबाइल्स एसोसिएसन(नासा नेपाल)का महासचिव आशिष गजुरेलले समेत प्रस्तुति दिनेछन्। खेल पत्रकार तथा बीबीसी नेपाली सेवाका निरन्जन राजवंशी, नासा नेपालका सचिव अनिल बराल, नेपाल मोटर स्पोर्ट्स क्लबका आशिष लामिछाने र मोटर स्पोर्ट्स कोलमनिस्ट आत्मीय सिलवालको समेत सो वर्कशपमा सहभागिता हुनेछ।

वर्कशपलाई एफआईए र माउन्टेन स्पोर्ट फेडेरेसन नेपालको सहयोग, नासा नेपालको संयोजन र नेपाल मोटरस्पोर्ट क्लबको व्यवस्थापन रहेको छ। उक्त कार्यक्रममा खेल पदाधिकारी, मार्शल, भोलेन्टियर्स, ड्राइभरसहित ५० जनाको लागि ग्रास रुट मोटरस्पोर्ट, अटो जिमखाना, वुमन इन मोटरस्पोर्ट, मार्शलिंग इन मोटरस्पोर्ट, मोटरस्पोर्ट सेफ्टी, स्पोर्ट सस्टेनेबिलिटी, कर्पोरेट इन्भल्भमेन्ट इन मोटरस्पोर्ट जस्ता विषयले आफुनो क्षेत्रको ज्ञान थप फराकिलो पर्न मद्धत पुर्याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .