मारुती सुजुकीले अर्टिगा र स्विफ्ट कारहरुमा स्मार्ट इन्फोटेन्मेन्ट सिस्टम अपडेट गरेको छ। अपडेटेड एभीएन (अडियो, भिजुअल, नेभिगेसन) सिस्टम एप्पल कार प्ले र एन्ड्रोइड दुवैमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
नयाँ स्मार्टप्ले स्टुडियोमा नेभिगेसनको सपोर्ट पनि गरिएको छ र यो स्मार्टफोन कनेक्टेड सिस्टमको साथमा उपलब्ध रहेको छ।
यसको साथै, भिडियो प्लेयर, इमेज भिवर सहित ब्लुटुथ, अक्स ईन र यूएसबी कनेक्टिभिटी समावेश गरिएको छ ।
त्यस्तै कम्पनीले अर्टिगामा बीएस ६ उत्सर्जन मानक लागू हुनु भन्दा पहिला १.५ लिटर डिजेल इन्जिन पनि हटाएको छ ।
हाल एमपीभी पेट्रोल इन्जिनको साथमा मात्र उपलब्ध छ। यो ट्राइड एन्ड टेस्टेड १.५ लिटर बीएस ६ मानक, ४ सिलिन्डर पेट्रोल इन्जिनको साथमा उपलब्ध रहेको छ । जसले ६००० आरपीएममा १०३ बीएचपीको पावर र ४४०० आरपीएममा १३८ एनएम टर्क जेनेरेट गर्छ ।

प्रतिक्रिया