अटो


लकडाउन प्रभाव : ३२ प्रतिशतले घट्यो मारुती सुजुकीको उत्पादन

लकडाउन प्रभाव : ३२ प्रतिशतले घट्यो मारुती सुजुकीको उत्पादन

नेपालखबर
चैत ३०, २०७६ आइतबार ९:५४,

लकडाउनको कारण मारुती सुजुकीको उत्पादन ३२ प्रतिशतले कमी आएको छ। गत वर्षको मार्च महिनाको तुलनामा यो वर्षको मार्चमा ३२ प्रतिशतले कमी आएको हो।

गत वर्षको मार्च महिनामा १ लाख ३६ हजार युनिट गाडी उत्पादन भएको थियो भने यो वर्ष ९२ हजार ५ सय मात्रै उत्पादन भएको बताइएको छ।

अल्टो र एस्प्रेसोको उत्पादन नघटे पनि अन्य गाडीको उत्पादन भने घटेको छ। हचब्याक्स, प्रिमियम हचब्याक्स, सेडानको उत्पादन ३८ प्रतिशतसम्म झरेको छ।

एसयूभी सेगमेन्टमा भिटरा ब्रेजा, एरटिगा, एक्सएल ६, एस क्रोसलगायतका गाडीको उत्पादन १४ प्रतिशतले घटेको छ।

सुजुकी भ्यान सेगमेन्टको उत्पादन सबैभन्दा कम रहेको बताइएको छ। जसमा ५८ प्रतिशत बढी उत्पादन कम भएको बताइएको छ। गत मार्चमा १६ हजार ७ सय उत्पादन भएकोमा यो मार्चमा ६ हजार ५ सय भ्यान मात्रै उत्पादन भएको बताइएको छ।

मार्च महिनाभर मारुति सुजुकीको भारमा ४७ प्रतिशतले गिरावट आएको छ। २०२० को मार्चमा ३ हजार ७९२ गाडी बिक्री भएकोमा २०१९ मार्चमा १ लाख ५ हजार सवारी विक्री भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad