अटो


सवारी तथा हवाइ साधनको आयात घट्दा १३ करोडको निर्यात

सवारी तथा हवाइ साधनको आयात घट्दा १३ करोडको निर्यात

नेपालखबर
फागुन १२, २०७६ सोमबार ११:२८,

चालू आर्थिक वर्षमा सवारीसाधन तथा हवाइ साधनको आयातमा कमी आएको छ। गत वर्षको पहिलो ७ महिनाको तुलनामा चालू आवमा यातायातका साधन आयात घटेको हो।

भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/०७६ माघ मसान्तसम्म ५६ अर्ब ९८ करोडका सवारी तथा तिनका पार्टपुर्जा आयात भएको छ भने चालू आर्थिक वर्षको सोही अवधिमा ५२ अर्ब ३४ करोडको आयात भएको छ।

गत वर्ष ५४ अर्ब ६ करोडको राजस्व उठाएकोमा चालू आर्थिक वर्षमा ४७ अर्ब ३८ करोड मात्रै राजस्व उठाएको छ।

हवाइ साधनमा गत वर्ष १८ अर्ब ९७ करोडको आयात हुँदा चालू आर्थिक वर्षको ७ महिनामा १५ अर्ब ३ करोडको आयात भएको छ। हवाइ साधनबाट गत वर्ष ३६ करोड राजस्व उठाएकोमा चालू आवमा २५ करोड राजस्व उठेको छ।

सवारी र हवाइ साधन निर्यात 
गत वर्षको ७ महिनामा सवारीसाधनसम्बन्धी ५ करोड ९१ लाख निर्यात हुँदा हवाइ साधनसम्बन्धी १ करोड ३३ लाख निर्यात भएको थियाे। त्यस्तै चालू आर्थिक वर्षको सोही अवधिमा १ करोड २१ लाखको सवारीसाधनसम्बन्धी वस्तु निर्यात हुँदा ११ करोड ६० लाखको हवाइ साधनसम्बन्धी निर्यात भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad