नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले पदाधिकारी तथा समितिको टुङ्गो लागाएको छ। सोमबार बसेको कार्यसमितिले बैठकले पदस्थापन तथा पदाधिकारी चयन गरेको हो।
पदस्थापन कार्यक्रममा निवर्तमान अध्यक्ष शम्भुप्रसाद दाहालले नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलाललाई पदस्थापन गराएका थिए। पदस्थापन कार्यक्रमपछि भएको बैठकले पदाधिकारी र विभिन्न समितिको टुङ्गो लगाएको नाडाले बताएको छ।
गत पुस ४ गते भएको साधारणसभाले कृष्ण दुलाललाई अध्यक्षको चयन गरे पनि अन्य पदाधिकारी बाँकी थियो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा करण चौधरी र आकाश गोल्छा चयन भएका छन् भने संस्थागत उपाध्यक्षमा नवराज डल्लाकोटी र सुवास आचार्य चयन भएका छन् ।
त्यस्तै महासचिबमा सुनिल रिजाल चयन भएका छन् । सचिवमा अनुप बराल, कोषध्यक्ष सुरेन्द्र उप्रेती र सहकोषाध्यक्ष बिक्रम सिंघानिया चयन भएका छन् । उनीहरु ४ जना नै यसअघि पनि सोही पदमा थिए।
साथै, टु ह्वीलर्स कमिटीको सभापतिमा अभिक ज्योति, फोर ह्विलर्स कमिटिको सभापति करण चौधरी र सडक सुरक्षा तथा वातावरण कमिटिको सभापतिमा निराकार श्रेष्ठ, राजस्व कमिटिमा दिपक अग्रवाल, प्रचार–प्रसार समितिमा अनुप बराललाई चयन गरेको छ ।
बैंठकले नाडा अटो शो समितिको सभापतिमा राजनबाबु श्रेष्ठलाई चयन गरेको छ ।


प्रतिक्रिया