पायोनियर मोटो कर्पले नेपालभर ४ सय ५० भन्दा बढी निशान किक्स बिक्री भएको उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई विशेष लाभसहितको योजना लिएर आएको छ। निशान किक्स नेपाली बजारमा भित्रिएको केही महिनामै ग्राहकहरुको मन र विश्वास जित्न सफल भएको कम्पनीले जनाएकाे छ।
पायोनियर मोटो कर्प नेपालका लागि निशान र ड्याटसनका गाडीहरुको आधिकारिक बिक्रेता हाे।
यस अवसरमा किक्सले सम्पूर्ण ग्राहकहरुलाई धन्यवादसहित आकर्षक अफरहरु प्रस्तुत गरेको छ।
यो अफरमार्फत ग्राहकहरुले लगभग ४ लाख ५० हजार रूपैयाँबराबरको लाभहरू पाउन सक्नेछन्। यसैअन्तर्गत मुख्यतः २ लाख ५० हजार रूपैयाँसम्मको भारी नगद छुट, एक लाख रुपैंया बराबरको एक्सचेन्ज बोनस वा ब्रान्ड न्यू आइफोन ११ (१२८ जी बि) पाउने कम्पनीले जनाएकाे छ।
अन्य उपहारस्वरुप ग्राहकहरूले नि: शुल्क बश्चको हाई प्रेसर वासर, एक वर्षको सवारी बीमा र सडक करका साथै तीन वर्षसम्मको वारेन्टीसहित तीनै वर्षसम्म नि:शुल्क गाडी सर्भिसिङको सुविधा पाउन सक्नेछन्। यस योजनाका केही शर्तहरु भने लागू हुनेछन्।
Shares

प्रतिक्रिया