नेपालका लागि टीभीएस बाइक तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले कम्पनीले टेक्निकल स्किल कम्पिटिसनको आयोजना गरेको छ।
टीभीएसले विभिन्न चरणमा नेपालभरका सर्भिस सेन्टरबाट टेक्निकल स्किल प्रतिस्पर्धा गराई १३ जना छानेको छ। १३ जना प्रतिस्पर्धा मध्ये ३ जना छनोटको लागि बुधबारदेखी फेरि प्रतिस्पर्धा भएको छ। प्रतिस्पर्धाको फाइनल शुक्रबार हुने छ।
यसरी विभिन्न चरणबाट छनोट भएका तीन जना मेकानिक्सहरु भारतमा हुने ग्लोबल प्रतिस्पर्धामा सहभागी हुने जगदम्बा मोटर्सले जनाएको छ। ग्लोबल प्रतिस्पर्धामा उत्कृष्ट हुने मेकानिकको बादशाह बन्ने छ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले टीभीएसले सधंै गुणस्तरीय सेवामा ध्यान दिने गरेको बताउँदै मेकानिक्सहरुको सम्मानले आगामी दिनमा टीभीएसको बिक्री पछिको सेवा थप गुणस्तरीय हुने बताए।
कार्यक्रमको उद्घाटन अग्रवालसँगै सर्भिस हेड अमरदीप मजुमदार र नाटुका सल्लाहकार माधवप्रसाद पाण्डेले गरेका थिए।
सो अवसरमा अग्रवालले टीभीएसले सधंै गुणस्तरीय सेवामा ध्यान दिने गरेको बताउँदै मेकानिक्सहरुको सम्मानले आगामी दिनमा टीभीएसको बिक्री पछिको सेवा थप गुणस्तरीय हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया