स्वीडेनकी वातावरण अभियन्ता ग्रेटा थनवर्गलाई टाइम म्यागेजिनले वर्षव्यक्ति घोषित गरेको छ।
१६ वर्षीया थनवर्गले ‘पृथ्वीबारे आफ्नो चिन्तालाई विश्वव्यापी आन्दोलनमा बदल्न सफल भएको’ म्यागेजिनको भनाइ छ।
सन् २००३ मा जन्मिएकी उनी २०१८ को अगस्टमा स्कुल जान छोडेर संसद् भवनअगाडि धर्नामा बसेपछि चर्चामा आएकी थिइन्।
उनले सुरु गरेको जलवायुका लागि विद्यालय हड्ताल कार्यक्रम विश्वभर फैलिएको थियो। २०१९ मा विश्वका ६० भन्दा बढी सहरमा वातावरणीय चिन्ता जाहेर गर्दै प्रदर्शन भएका थिए।

उनी जलवायु परिवर्तनका विषयमा नेताहरुको अकर्मण्यताको खरो शब्दमा आलोचना गर्छिन्। गत सेप्टेम्बरमा उनले न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको जलवायुसम्बन्धी शिखर सम्मेलनलाई सम्बोधन गरेकी थिइन्। एजेन्सी

प्रतिक्रिया