यातायात व्यवस्था विभागले ट्याक्सीको नयाँ मापदण्ड तयार पारेको छ। नयाँ मापदण्डअनुसार ट्याक्सी अब कम्तीमा १२ सय सीसी वा साेभन्दा माथिको हुनुपर्नेछ।
२० वर्ष चलाएपछि त्यसलाई हटाएर त्यही नम्बरमा अर्को नयाँ ट्याक्सी ल्याउँदा यो मापदण्ड लागू हुने विभागले जनाएको छ। तर नयाँ नम्बर प्लेट खोल्नेसम्बन्धी भने कुनै निर्णय विभागले गरेको छैन।
१२ सय सीसीको गाडीमा तीनभन्दा धेरै सिलिन्डर हुनुपर्ने छ। त्यस्तै सेन्ट्रल लकिङ, एसी हिटर, प्रिन्टरसहितको डिजिटल मिटर र एलइडी स्क्रिनसहितको जीपीएस नेभिगेटर सिस्टम अनिवार्य हुनुपर्ने उल्लेख छ।
अहिले सडकमा ८ सय सीसीका ट्याक्सी चलिरहेका छन् ।
बिजुली ट्याक्सीको लागि बाटो खुला
विभागले विद्युतीय ट्याक्सीलाई छुट्टै मापदण्ड बनाएको छ। विभागले बिजुली ट्याक्सीको लागि लिथियम आयोन ब्याट्री प्रयोग गरिएको सेडान कार हुनुपर्ने उल्लेख गरिएको छ।
४ सय किलोवाटको मोटर पावर, सेन्ट्रल लकिङ, एसी हिटर, प्रिन्टरसहितको डिजिटल मिटर र एलइडी स्क्रिनसहितको जीपीएस नेभिगेटर सिस्टम अनिवार्य हुनुपर्नेछ।
२० वर्ष पुराना भएका ट्याक्सीका नम्बर प्लेट नै विद्युतीय ट्याक्सीमा प्रयोग गर्न सकिनेछ।
यस्ताे छ नयाँ मापदण्ड


प्रतिक्रिया