नेपालका लागि महिन्द्राको आधिकारीक वितरक अग्नि ग्रुपले नयाँ थ्रीएस डिलर, सेन्ट्रल अटो जोन (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) चितवनको भरतपुरस्थित हाकिमचोकमा सञ्चालनमा ल्याएको छ।
यस्तै, चितवनकै टाँडीमा कम्पनीले २एस सब–डिलर, न्यू पञ्चकन्या मोटर पार्ट्स सञ्चालनमा ल्याएको छ।
सो डिलर र सब–डिलरको उद्घाटन अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, सेन्ट्रल अटो जोनका प्रबन्ध निर्देशक राजेन्द्र बटाजु, अग्निका प्रतिनिधि र अन्य व्यक्तिहरुको उपस्थितिमा आइतबार सामूहिक रूपमा भएको थियो।
अग्नि ग्रुपले नेपालका विभिन्न स्थानमा आफ्नो नेटवर्कको विस्तार मार्फत आफ्ना सम्पूर्ण सेवाग्राहीलाई उत्कृष्ट सेवा प्रदान गर्न तत्पर रहेको जनाएको छ। यसरी नै आगामी दिनहरुमा पनि अन्य थप डिलरहरू र सब–डिलहरूको उद्घाटन गर्ने पनि जनाएको छ।
फागुन २९, २०७८, आइतबार
प्रतिक्रिया